राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ स्वदेश फर्कदै

19 March, 2017 19:19 | खेल

किरण चेम्जोङ

विशाल अधिकारी -राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट भोली (सोमबार) स्वदेश फर्कदैछन् ।

किरण माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट व्यवसायिक रुपमा फुटबल खेल्दै आएका छन् । एसियन कप छनोटअन्तगर्त फिलिपिन्ससँग पहिलो लेगका लागि २० सदस्यीय टोलीमा रहेका किरण मंगलबार काठमाडौं आइपुग्नेछन् ।

नेपाल र फिलिपिन्सबीचको पहिलो लेग चैत १५ मा फिलिपिन्समा हुँदैछ । माल्दिभ्स लिगमा आइतबार बेलुकाको लागि टिसी स्पोर्टस र भिक्ट्री स्पोर्टस क्लबको तय भएकाले किरण त्यो खेलेर स्वदेश फर्कने तयारीमा छन् । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई सेमिफाइनलमा हराएको टिसी स्पोर्टसले शेख कमल अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

पूर्व क्लब मनाङविरुद्ध उच्च प्रदर्शन गरेका किरण त्यो खेलमा म्यान अफ दी म्याच घोषित भएका थिए ।

किरण चेम्जोङ नायक बन्दा नेपाल फाइनलमा

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More