राष्ट्रिय बास्केटबल: पुरुष र महिला दुवै उपाधि मध्यमाञ्चललाई

12 January, 2018 23:11 | खेल | comments | 6450 Views

मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मध्यमाञ्चल पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित गर्‍यो । विजेताका विपिन महर्जनले १८ अंक जोडे । नेपाल प्रहरी क्लबले एपीएफ क्लबलाई ८८–७४ ले हराउदै तेश्रो भयो । प्रहरीका सन्देश तामाङले २२ स्कोर गरे ।

महिलाको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले पाखा लगाउदै उपाधि रक्षा गर्‍यो। विजेताकी अनुषा मल्लले २२ अंक जोडिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले पन्छायो । आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन् ।

विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More