राष्ट्रिय महिला भलिबलमा एपीएफको लगातार दोस्रो जित

14 March, 2018 00:03 | खेल | comments | 73950 Views

सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबलमा आयोजक एपीएफले लगातार दोस्रो जित निकालेको छ ।

हल्चोकस्थित एपीएफको भलिबल कोर्टमा मंगलबार भएको दोस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एपीएफले लगातार दोस्रो जित दर्ता गरेको हो ।

adsads
एपीएफले ढोरपाटनलाई २५–८, २५–५ र २५–९ को सेटमा पराजित गर्यो । एपीएफले सोमबार नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।

मंगलबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको छ । लिगकम नकआउटको आधारमा जारी प्रतियोगितामा ६ महिला भलिबल क्लबले सहभागिता जनाएका छन् ।

एपीएफ क्लबको आयोजनामा जारी चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टनतर्फको महिला एकलमा फाइनलमा त्रिभुवन आर्मीका नङ्सलादेवी तामाङ र आर्मीकै रसिला महर्जनले प्रतिस्पर्धा गर्ने भएकी छिन् । सेमीफाइनल नङ्सलादेवीले एपीएफका शोभा गौचनलाई २१–१२ र २१– १३ ले पराजित गर्दा रसिलाले झापाका जेसिका गुरुङ्गलाई २१–१३ र २१– १७ ले हराइन ।

व्याडमिन्टनकै पुरुष एकलतर्फ त्रिभुवन आर्मीका रत्नजित तामाङले आर्मीकै प्रफुल्ल महर्जनलाई २१–११ र २१– ८, दार्चुलाका प्रिन्स दाहालले भोजपुरका बिकास श्रेष्ठलाई २१–१८ र २१– १८ , आर्मीका नविन श्रेष्ठले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१९ र २१– १२ ले तथा एपीएफका दिपेश धामीले एपीएफकै विजित थापामगरलाई २१–१९ र २१– ११ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेका छन् का छन् ।

यस्तै दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा ललितपुरका सन्तोष खत्रीले पोखराका अनिल शाहीलाई ६–३ र ६–० ले र ललितपुरका जितेन्द्र परियारले नेपाल पुलिस क्लवका कमल भण्डारीलाई १–६, ६–१ र ७–५ ले हराउदै सेमिफाइनलमा स्थान बनाएका छन् । त्यस्तै बुटवलका विकाश खड्का रिटायर्डहर्ट हुँदा पोखराका प्रदिप खड्काले र ललितपुरका प्रणव खनालले काठमाडौंका मानबहादुर कटुवाललाई ६–१ र ६–१ ले पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More