Friday 26, May 2017
नेपाली समय: 11:11:44
जापानी समय: 02:26:44

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा : उपाधिको लागि युभेन्टससंग भिड्ने (भिडियो सहित)

11 May, 2017

रियल मड्रिड

स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एथ्लेटिको मड्रिडसंग २-१ ले पराजित भएपनि समग्रमा ४-२ को नतिजा निकाल्दै रियल उपाधि नजिक पुगेको हो । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा निकै आक्रामक खेल खेलेको एथ्लेटिकोले १६ मिनेटमा २ गोल गर्दै खेलमा पुनरागमन गर्ने आशा देखाएको थियो । खेलको १२औं मिनेटमा साउल निगुएजले कर्नर बलमा उत्कृष्ट हेड गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

एथ्लेटिकोका खेलाडी फर्नान्डो टोरेसलाई डिबक्स भित्र राफेल भारानले फल गरेपछि एथ्लेटिकोले अग्रता दोब्बर बनाउने अवसर पायो । र, उक्त अवसरलाई एन्टोइन ग्रिजम्यानले गोल गर्दै खेल २-० को स्थितिमा ल्याए । तर पहिलो हाफको अन्तिम समयमा टोनी क्रुसले प्रहार गरेको बल गोलरक्षक यान ओब्लाकले फर्काएपछि आएको रिबाउन्ड बललाई इस्कोले गोल गर्दै खेलको अग्रता २-१ मा झारे । त्यसपछि दोस्रो हाफमा दुबै पक्षबाट गोल नभएपछि रियल समग्रमा ४-२ को नतिजा निकाल्दै फाइनलमा प्रवेश गर्यो । अब उपाधिको लागि रियलले इटालियन जाइन्ट युभेन्टससंग भिड्नेछ ।

युभेन्टस टुरिनमा पाहुना टोली मोनाकोलाई २-१ गोलले पराजित गर्दै समग्रमा ४-१ गोलको नतिजा निकाल्दै युभेन्ट्स फाइनल प्रवेश गरेको हो।

भिडियो-

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिड सेमिफाइनलमा (भिडियो सहित)

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo