पक्राउ पक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

रुपन्देहीमा ५३ लाख भारतीय रुपैयाँ सहित चार जना पक्राउ

19 July, 2018 00:37 | जन सरोकार | comments | 8250 Views

पक्राउ

प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको हो ।

adsads

प्रहरीले सिद्धार्थनगर नगरपालिका–१३ स्थित ह्वाइट लोटस होटलको कोठा नं १०७ मा खानतलासी गर्दा अवैध नोटको कारोबारीसहित झोलामा एक हजार दरका दुई हजार ६५० थान र ५०० दरका पाँच हजार ३०० थान गरी ५३ लाख पुरानो भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–५ बस्ने ५४ वर्षीय दूधनाथ योगी, सिद्धार्थनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश थापा, बुटवल उपमहानगरपालिका–१६ बस्ने ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिका–८ बस्ने ३८ वर्षीय राजु बुढाथोकी पक्राउ परेका छन् ।

बरामद भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पक्राउ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More