रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी खप्तड गोल्डकपको सेमिफाइनलमा
रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय रंङ्गशालामा शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । २० औं मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो ।
छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए ।
आजको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल र आइतबारसुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ ।
जितपछि प्रतिक्रिया दिदै मनाङ मस्र्याङ्दीका प्रशिक्षक हेमन्त आलेले खेलाडीको समन्वय र रणनीतिका कारण जीत हासिल भएको बताउनुभयो । रुपन्देही–११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले शुरुमै गोल खाँदा दवावमा परेर हार बेहोर्नुपरेको बताउनुभयो ।
थ्रीस्टारलाई पराजित गर्दै त्रिभुवन आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा
तपाईंको प्रतिकृया
ताजा समाचार
- ३३ किलो सुन काण्डः बयानका क्रममा शौचालय गएका डिएसपी फरार
- चिनको एक होटलमा आगलानीः १८ को मृत्यु
- ट्यांकरमा ताला लगाएर पेट्रोलियम ढुवानी सुरु
- थाइल्याण्डमा ट्रम्प र किमलाई वार्ताका लागि आग्रह
- शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा
- पार्टी एकताको मिति बैसाख १४ मा टुंगो लाग्छः अध्यक्ष दाहाल
- औषधी विभागका दुई अधिकृत घुससहित पक्राउ
- प्रदेश नं ३ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- धरानमा गोली चल्यो,फरार अभियुक्त समातिए
- पुनःनिर्माणमा सुस्तताः आवश्यक ७.०६ खर्ब, खर्च १.२ खर्ब
- शेरबहादुर खड्का स्मृति महिला भलिबललाई ग्लोबल आईएमईको साथ
- अपिनाम्पामा पर्यटक आगमनमा कमी
- टाटा सुमोको ठक्करबाट एकको मृत्यु
- अर्जुन र जुना विरेन्द्रको ”हरेक साँझ”मा(भिडियो सहित)
- भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको विश्व कर्पोरेट मामिला प्रमुखमा नियुक्त
- पर्यटन मन्त्री अधिकारीको संयोजकत्वमा निजगढ विमानस्थल निर्माण समिति
- फुटबलले जगाएको आशा
- कोलकातामा नेपाली नृत्य
- तीन महिनाका लागि प्रदेश दुईको सरकारले ल्यायो १ अर्ब बढी बजेट
- जापानको बढ्दो श्रमिक समस्याको विकल्प मानवयन्त्र
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


