रेक्स टिलरसनलाई हटाउने अमेरिकी निर्णयप्रति जापान चकित

14 March, 2018 18:24 | जापान | comments | 86250 Views


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रान्तका सचिव रेक्स टिलरसनलाई हटाएर उनको स्थानमा सिआइएका प्रमुख माइक पोम्पेओलाई नियुक्त गरेको ह्वाइट हाउसको घोषणापछि मंगलबार जापानी सरकारी अधिकारीहरुले आश्चर्य मानेका छन् ।

यो निर्णय चकित पार्ने भएपनि जापानी प्रधानमन्त्री शिन्जो आबे र ट्रम्पको सम्बन्ध निकटको भएकाले यसले अमेरिका जापानको सम्बन्धमा कुनै असर नपर्ने आबे निकटको स्रोतले बताएको छ ।

adsads
टिलरसनसंग उत्तर कोरियाबारे पछिल्लो समयमा भएका विकासबारे छलफल गर्न जापानी विदेश मन्त्री तारो कोनो यसै साता अमेरिका भ्रमणको तयारीमा रहेका थिए । कोनो निकटको एक स्रोतले योजना अनुसार उक्त भ्रमणमा आफु जाने र यसको तयारी गर्न निर्देशन दिएका छन् । उत्तर कोरियाबारे मुद्दालाई पछि धकेल्न नमिल्ने र यस परिस्थितिमा अमेरिका भ्रमण निकै आवश्यक रहेको कोनोको धारणा रहेको स्रोतले बताएको छ ।

अमेरिकी र उत्तर कोरियाली नेताको पहिलो वार्ताको रुपमा हुनलागेको उत्तर कोरिया र अमेरिकाको सम्मेलनको पूर्वसन्ध्यामा टिलरसनको स्थानमा पोम्पेओको नियुक्ति भएको हो । उत्तर कोरियाको विषयलाई कसरी अघि बढाउने भन्नेबारे ट्रम्प र टिलरसनवीच विवाद रहेको जापानी सरकारी स्रोतले बताएको छ । पोम्पेओ अमेरिका र उत्तर कोरियाको सम्मेलनको पुर्वसन्ध्यामा नियुक्त गरिएका हुन् र उनको विचार ट्रम्पसंग मिल्दोजुल्दो रहेको उक्त स्रोतले बताएको छ ।

टिलरसनद्वारा कोरियाली द्विपको आणविक विषयमा नयाँ धारणा ल्याउने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More