रेमिट्यान्सले बढायो परनिर्भरता, तीन महिनामा पाँच अर्बको तरकारी आयात

29 November, 2017 11:59 | अर्थ | comments | 39300 Views

वैदेशिक रोजगारीले जनताको जीवनशैलीमा सुधार आएको तथ्यांक हरेक वर्षको सर्वेक्षणले देखाइरहे पनि यसले परनिर्भरता बढाउँदै गएको छ ।

वैदेशिक रोजगारीबाट भित्रिएको पूँजीलाई उत्पादनमूलक कार्यमा लगाउने स्पष्ट सरकारी नीति नहुँदा नेपालको परनिर्भर बढ्दै गएको हो । अहिलेको आर्थिक वद्धिदर र जीवनस्तरमा आएको सुधार अल्पकालीन मात्र हो । यदि वैदेशिक रोजगारीमा सामान्य संकट उत्पन्न भयो त्यसपछिको अवस्था हामीले कल्पना गर्न सक्दैनौं ।

घरको एक सदस्य वैदेशिक रोजगारीमा गएपछि त्यो परिवार बसीबसी खाने गर्दा मुलुक सामान्य वस्तुमा निर्भर हुन सकेको छैन । यसको एउटा ज्वलन्त उदाहरण हो तरकारी र खाद्यान्न ।

वैदेशिक रोजगारीले गर्दा उब्जाउयोग्य जमिन बाँझै हुने अवस्था एकातिर छ भने अर्कातिर विदेशबाट भित्रिएको पैसा विदेशबाटै वस्तु आयातमा खर्च हुने गरेको छ । यसैको परिणाम हो पछिल्लो तीन महिनामा ५ अर्ब रुपैयाँ बराबरको तरकारी आयात हुनु ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ५ अर्ब २१ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।

यस अविधिमा आलु, प्याज, लसुन, च्याउलगायत अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ७२ करोड ९ लाख ५४ हजार रुपैयाँको तरकारी आयात भएको थियो ।

बिचाैलियाले मनपरी तोक्छन् तरकारीको मूल्य

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

फेसबुक

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

ट्वीटर

सामाजिक सञ्जाल

More