बसलाई ठक्कर बसलाई ठक्कर

  • बसलाई ठक्कर
  • बसलाई ठक्कर
  • बसलाई ठक्कर
  • बसलाई ठक्कर
  • बसलाई ठक्कर
  • बसलाई ठक्कर

रेलले विद्यायल बसलाई ठक्कर दिँदा सत्र बालबालिकाको मृत्यु

26 April, 2018 20:04 | विश्व समाचार | comments | 64800 Views

बसलाई ठक्कर

भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।

रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

adsads
उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो ।

“बिहिबारविहान तिव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेका मध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ, अरु सात जना गम्भीर घाइते भएका छन्,” वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले सिन्हवासँग भन्नुभयो । उहाँले थप्नुभयो, “घाइते बालबालिकाहरुलाई तत्काल अस्पताल पुर्याइएको थियो, केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने संभावना रहेको छ ।”

दुर्घटनामा परेका बालबालिकाहरु अधिकांश दश वर्ष मुनिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले थावेदेखि कम्पतागञ्ज सडक खण्डमा चलेको रेलले बसलाई ठक्कर दिएको बताएका छन् । ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जादै गरेको थियो । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले घटनामा पीडित बालबालिकाहरुलाई केही राहत रकम दिने घोषणा गर्नु भएको छ ।

अधिकारीहरुले घटनाका बारेमा छनविन गर्न संबन्धित निकायलाई निर्देशन दिइएसकेको जनाएका छन् । यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर निधन भएको थियो ।

भारतमा ट्रक दुर्घटना : १८को मृत्यु, १५ घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बसलाई ठक्कर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More