Monday 23, January 2017
नेपाली समय: 08:23:34
जापानी समय: 11:38:34

रोनाल्डोलाई फिफा बेस्ट प्लेयरको अवार्ड

10 January, 2017

1484016911ronaldo

फिफा उत्कृष्ट खेलाडीको पुरस्कार पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले जितेका छन् ।

विश्व फुटबल महासंघ फिफाले यसै वर्षदेखि दिन थालेको बेस्ट प्लेयरको अवार्ड जित्न स्पेनीस फुटबल क्लव रियाल मड्रिडका रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानलाई पछि पारेका हुन् ।

रोनाल्डोले गत वर्ष रियाल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिग जिताएका थिए भने पोर्चुगललाई युरो कप फुटबल जिताएका थिए ।
यही सफलताको लागि उनलाई गत डिसेम्बरमा बलुन डे ओर अवार्डबाट पनि सम्मान गरिएको थियो ।

फिफा अवार्ड समारोहमा उत्कृष्ट प्रशिक्षकको अवार्ड भने ईटालीयन प्रशिक्षक क्लाउडिर्यो यानेरीले जितेका छन् र्। यानेरीले अघिल्लो सिजन अप्रत्याशित रुपमा लेष्टर सिटीलाई इंग्लीश प्रिमियर लिग फुटबल जिताएका थिए ।

यसैगरी अमेरिकी फुटबल खेलाडी कार्ली लोएड उत्कृष्ट महिला फुटबलर घोषित हुँदा मलेसीयाको पेनाङ्ग फुटबल क्लवका खेलाडी मोहोमद फैज सुब्रीले उत्कृष्ट गोलको अवार्ड जिते ।

भारतीय प्रधानमन्त्री मोदीलाई रोनाल्डोको जर्सी

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads