रौंले ढाकिएकी किशोरी बिहेपछि सफाचट

6 January, 2018 18:16 | बिचित्र , विश्व समाचार | comments | 128250 Views

थाइल्याण्डमा बाक्ला रौंले अनुहार ढाकिएका कारण चर्चामा आएकी एक किशोरीले बिहे गरेकी छिन् । बिहेपछि उनले अनुहारका रौं खौरिएर सफाचट देखिन थालेकी छिन् ।

थाइल्याण्डको राजधानी बैंककमा जन्मेकी १७ वर्षीया सुपात्रा सुसुफानले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमीसँग बिहे गरेको जानकारी दिएकी हुन् । उनले श्रीमानसँगको फोटो पनि सेयर गरेकी छिन् जहाँ उनको अनुहार सफा देखिन्छ ।

अब्रास सिन्ड्रोम नामक अत्यन्तै दुर्लभ आनुवंशिक अवस्थाको शिकार भएकी सुपात्राले शरीरमा सबैभन्दा बढी रौं भएकी केटीको रुपमा सन् २०१० मा गिनिजबुकमा नाम लेखाएकी थिइन् । उनको अनुहारमा मात्रै नभएर कान, पाखुरा, खुट्टा र ढाडमा समेत बाक्ला रौं छन् ।

लेजर उपचारले पनि उनको रौं बढ्न रोकिएको थिएन । अहिले उनी हरेक दिन आफ्नो शरीरका रौंहरु खौरिन थालेका उनको बुवाले स्थानीय सञ्चारमाध्यमलाई बताए । सामाजिक सञ्जालमा सुपात्राको पोष्ट हेर्दा उनी आफ्नो नयाँ श्रीमानसँग निकै खुशी देखिएकी छिन् । उनले फोटोको क्याप्सन लेखेकी छिन्, ‘तिमी मेरो पहिलो प्रेम मात्र होइनौ मेरो जीवनको एक मात्र प्रेम हौ ।’

एम्ब्रास सिन्ड्रोमबाट पिडित व्यक्तिहरु संसारमा केही दर्जन मात्रै छन् । उनीहरु आफ्नो समाजबाट तिरस्कृत र अपहेलित जीवन बाँच्दै आएका छन् । तर, सुपात्राको हकमा त्यस्तो भएन । उनको परिवार, साथीभाई र समाजले सँधै उनलाई साथ दिँदै आएको छ ।

उनले गिनिज वर्ल्ड रेकर्डलाई भनेकी थिइन्, ‘म आफूलाई अरुभन्दा केही फरक पाउँछु । मेरा स्कुलमा धेरै साथीहरु छन् । शरीरमा भएका बाक्ला रौंले मलाई केही फरक परेको छैन ।’ ‘पहिले पहिले मलाई केही व्यत्तिःहरुले बाँदर भनेर जिस्क्याउँथे, तर अहिले त्यस्तो गर्दैनन्,’ उनले अगाडि भनिन् ।

रौं धेरै लामा हुँदा आफूलाई आँखा हेर्न भने अलिक समस्या हुने गरेको उल्लेख गर्दै उनले एक दिन आफ्नो रोगको उपचार हुने आशा व्यक्त गरिन् ।

गुरागाईंले बनाए १५ औं गिनिज बुक अफ वर्ल्ड रेकर्ड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!