ललितपुरमा जोर बिजोर प्रणाली लागु

18 October, 2017 19:35 | जन सरोकार | comments | 7500 Views

सार्वजानिक यातायातका सवारी साधनले सर्वसाधारणलाई बीच बाटोमै अलपत्र पार्न थालेपछि ललितपुरको लगनखेल-गोदावारी रुटमा चल्ने सार्वजनिक सवारी साधनलाई बुधबारदेखि जोर बिजोर प्रणाली लागु गरिएको छ । 

यातायात व्यवसायी र मजदुर संघको सहकार्यमा लगनखेलबाट जाने-आउने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गरिएको ललितपुर ट्राफिक प्रमुख प्रहरी निरिक्षक सिताराम हाछेथुले जानकारी दिए । साँझ र रातको समयमा गोदावारीसम्म यात्रु नलैजाने, लगनखेलबाटै यात्रु भरिएपछि मात्र जाने र यात्रु भरिएपछि बीचमा यात्रु नचढाउने लगायत कार्य हुन थालेपछि ट्राफिक प्रहरीले बुधबारदेखि जोर बिजोर प्रणाली सुरु गरेको होे ।

बुधबारदेखि एकहप्तासम्मको लागि लगनखेलदेखि टौखेलसम्म जाने र आउने सवारी साधनलाई जोर नम्बर र लगनखेल देखि गोदावरीसम्मको रुटमा बिजोर नम्बरको सवारी साधनलाई चल्ने व्यवस्था गरिएको छ ।

वर्षातमा हिलाम्मे र घामलाग्दा धुलाम्मे कहिले बन्छ सडक (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More