ललितपुर र भक्तपुरमा मध्यस्थता केन्द्र स्थापना गर्न जापानले सहयोग गर्ने

22 February, 2018 19:01 | जापान | comments | 89850 Views


सामाजिक तथा आर्थिक रुपमा पछि परेका नागरिकको कानुनी सेवा सुधारका लागि पाटन उच्च अदालतमा एक र ललितपुर तथा भक्तपुरमा एक एकवटा गरी तीनवटा मध्यस्थताकेन्द्र स्थापनाका लागि जापानको अनुदान सम्झौतामा नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतामा जापानी दुतावास र नेपाल बार एसोसिएशनका अध्यक्ष शेर बहादुर केसीले हस्ताक्षर गरेका थिए ।

adsads
नेपालका शहरी क्षेत्रमा मध्यस्थता केन्द्रको स्थापना परियोजना जापान सरकारको गान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्टसको अनुदानमा हुन लागेको हो । उक्त परियोजनाको कुल अनुदान ३८ हजार ३८८ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ३९ लाख रहेको छ । उक्त मध्यस्थता केन्द्रले कानुनी सेवा शुल्क बेहोर्न नसक्नेहरुका लागि निशुल्क सेवा प्रदान गर्नेछ । साथै यसले समुदायमा कानुनी सहयोगको क्षमता व.पनि अभिबृद्धि गर्नेछ ।

नेपालका शहरहरुमा बढ्दो जनसंख्याका कारण अदालतबाट कानुनी सेवाका लागि निकै लामो समय प्रतिक्षा गर्नु पर्ने भएकाले अदालतको नजिकै मध्यस्थता केन्द्र स्थापना गर्न लागिएका हो र यस परियोजनाका अनुसार सामान्य मुद्दाहरुमा कानुन व्यवसायीले अदालत बाहिरनै समाधानको उपाय प्रदान गर्नेछन् । यस परियोजनाले पिछडिएका वर्गका लागि मध्यस्थता सेवा अभिबृद्धि गर्दै नेपाल र जापानको द्विपक्षीय सम्बन्ध पनि सुदृढ गर्ने जापानी दुतावासको विश्वास रहेको छ ।

काठमाण्डौँमा प्रकोप पश्चात मनोसामाजिक हेरचाहका लागि जापानले सहयोग गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More