लागूऔषधले समाज दूषित बन्दै : मन्त्री बराल

27 June, 2018 10:41 | प्रदेश , प्रदेश ५ | comments | 18750 Views

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषधको प्रयोगले समाज दूषित बन्दै गएको बताउनुभएको छ ।

अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताउँदै मन्त्री बरालले यसको नियन्त्रणका लागि कानूनले मात्रै नहुने भएकाले सचेतनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

adsads

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार तुलसीपुरमा भएको अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारपसारविरुद्धको दिवस तथा बृहत् सभामा उहाँले सो कुरा बताउनुभएको हो ।

सिंगो प्रदेशलाई लागूऔषध ओसारपसारबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले ओसारपसार कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । “कानूनी तवरले पनि यसलाई नियमन गर्ने कुरामा सबैले सोच्नुपर्दछ, प्रदेशले कानून बनाउँदा यो कुरामा ख्याल गर्नेछ” मन्त्री बरालले भन्नुभयो । प्रदेशसभा सदस्य उत्तरकुमार वलीले लागूऔषधका विरुद्ध प्रदेश सरकारले चासो राखेको बताउँदै लागूऔषध बिक्री वितरणलाई आवश्यक नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिनुभयोे ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले लागूऔषध बिक्री वितरण, सेवन र ओसारपसारलाई नियन्त्रण गर्नका लागि ‘टोबाको फ्रि टोल’को अवधारणा अगाडि ल्याएको बतााउनुभयो ।

लागूऔषध बारेका प्रशिक्षक एवं नार्कोनन् नेपालका अध्यक्ष वसन्त कुँवरले प्रत्येक घरमा लागूऔषध बारेमा सचेतना दिन आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वमा तीन हजार ५०० प्रजातिका नशालु कुरा हुने भएपनि नेपालमा भने पाँच प्रकारका नशालु पदार्थ प्रचलित रहेको बताउनुभयो ।

विशेष कारण जनाउँदै प्रदेश नं ५ मा बैठक स्थगन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More