लाप्राकमा एकीकृत नमूना बस्ती लाभग्रहीहरुलाई गोलाप्रथाद्वारा कित्ता निर्धारण

4 March, 2018 19:33 | एन आर एन न्युज | comments | 105750 Views

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको लाप्राक सर्वाधिक क्षति पुग्ने गाउँमध्येको एक हो । अहिले सो गाउँमा गैर आवासीय नेपाली संघले एकीकृत नमूना बस्ती निर्माण गरिरहेको छ ।

adsads

लाप्राकमा एकीकृत नमूना बस्ती बनाउन गैरआवासीय नेपालीहरुले स्वयंसेवा गरिरहेका छन् । नेपाली सेनाले पनि त्यहाँ स्वयंसेवा गरिरहेको छ ।

एनआरएनएले पाँच सय ७३ घर बनाइरहेको छ । घर निर्माणको क्रम जारी रहेका बेला लाभग्रहीहरुलाई गोलाप्रथाद्वारा कित्ता निर्धारण पनि गरिएको छ ।

लाप्राक एकीकृत नमूना बस्ती निर्माणथलोमा पुगेका एनआरएनए अध्यक्ष भवन भट्टले गोलाप्रथाद्वारा घर पाउनेहरुको चयन गरिएकोमा खुसी व्यक्त गर्दै उपस्थित सबै लाभग्रही, जनप्रतिनिधि, नेपाली सेना एवं गैरआवासीय नेपाली संघका साथीहरुलाई धन्यवाद दिनुभएको छ ।

एकीकृत बस्तीमा स्थानीय परम्परा झल्किने खालका एकै डिजाइनका दुई तले भूकम्पप्रतिरोधी घर बनाइरहेको छ । यो बाहेक एउटा सामुदायिक भवन र एउटा विद्यालय भवन पनि निर्माण हुनेछ ।

लाप्राक नमुना बस्तीको प्राविधिक पक्ष अब्बल रहेको इन्जिनियरहरुको भनाइ छ । सरकारी मापदण्डअनुसार भूकम्पपीडितलाई ३ लाख रुपैयाँमा घर बनाइदिनुपर्ने हुन्छ । लाप्राक हिमाली भेग भएका कारण निर्माण सामग्री ल्याइपुर्‍याउन सजिलो छैन । भौगोलिक विकटताले एउटा घरको लागत १२ लाख रुपैयाँ पुगेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More