Thursday 23, February 2017
नेपाली समय: 11:05:19
जापानी समय: 02:20:19

लाप्राक नमूना बस्तीमा एनआरएनए पदाधिकारी श्रमदान गर्दै, श्रमदान गर्न सबैलाई आव्हान

26 January, 2017

laprak

मातृभूमिको मायालाई कुनै देशको सिमाना, भाषा, भेषभुषा र त्यहाँको रहनसहनले छेक्दैन । विदेशमा बसेर मेहेनत गरी धन कमाउँदैमा उनीहरुले स्वदेशलाई त्यागेका हुँदैनन् । अझ ती विदेशिएकाहरुमा स्वदेशको माया अपार हुन्छ भन्ने उदाहरण पटकपटक देखिएको छ ।

यति मात्र हैन अहिले विदेशिएकाहरुबाट मुलुकमाा ठूलो धनराशी लगानी पनि हुनन सुरु गरेको छ भने समाजसेवामा पनि उनीहरुको क्रियाशीलता बढ्दैछ । तर त्यो अपेक्षाकृत हुन नसकेको गुनासो आउने गरे पनि उनीहरुको स्तर र क्षमता अनुसारको सेवा भैरहेको छ ।

यस्तै सेवामा जुटेको छ गैरआवासीय नेपाली संघ एनआरएनए । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि एनआरएनएले अहिलेसम्म निरन्तर सहयोग गर्दैआएको । यतिबेला एनआरएनएका अध्यक्ष, उपाध्यक्ष लगायतका शीर्षस्थ नेतृत्वमा रहेकाहरु नेपालमाा भूकम्प्ले क्षति पुर्याएको बस्तीमा श्रमदान गरिरहेका छन् ।

गोरखाको लाप्राकमा एनआरएनएले बनाउन सुरु गरेको झण्डै छसय घर सहितको नमूना बस्तीका लागि सो संघको नेतृत्वपंक्तिमा रहेकाहरु श्रमदानमा जुट्दै आम नेपालीलाई पनि श्रमदानमा संलग्न हुन आव्हान गरेका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिरषद्ले भौगोलिक विकटताका कारण लाप्राक नमुना वस्तीको लागत निकै महंगो पर्ने हुँदा यस अभियानलाई स्वयंसेवक परिचालन गरी सञ्चालन गर्न लागेको हो । संघले एक सूचना जारी गर्दै यस नमुना वस्ती निर्माणमा सहभागी हुन नेपाली संघ, संगठन, र इच्छुक व्यक्तिहरुलाई सहभागीताको लागि आग्रह गरेको छ ।

२०७३ माघको अन्त्यदेखि २०७४ असोजसम्म निर्माणकार्य हुने भएकोले आफ्नो उपयुक्त समयमा यो अभियानलाई सघाउन सकिने एनआरएनएले बताइएको छ । घर निर्माण सम्बन्धिको काम भएकाले निर्माण क्षेत्रमा दक्ष जनशक्ति तथा सहयोगीका रुपमा एनआरएनएले स्वयंसेवकको खोजी गरिरहेको छ ।

bhawan-laprak

त्यसो त भवन निर्माण सम्बन्धी दक्ष ज्ञान नभए पनि निर्माण सहयोगीका रुपमा पुनः निर्माणमा सहभागी हुन सकिने भन्दै सिभिल इन्जिनियर, ओभरसियर, सुपरभाइजर, पेन्टर, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी, फलाम, बाँस तथा ढुङ्गाको काम गर्ने कामदार र घर भत्काउने व्यक्तिहरुको आवश्यकता रहेको पनि संघले सूचनामार्फत जानकारी गराएको छ ।

नितान्त समाजसेवा भएकाले यो कार्यमा संलग्न हुनेहरुलाई प्रशंसापत्र बाहेक पारिश्रमिक दिन नसकिने व्यहोरा उल्लेख गर्दैै एनआरएनएले यस अभियानलाई सहयोग गर्न चाहने संघ, संगठनले माघ १८ गतेसम्म आवेदन दिनका लागि पनि आग्रह गरिएको छ ।

स्मरणीय के छ भने सो बस्ती निर्माणका लागि एनआरएनए अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायत केन्द्रीय पदाधिकारीहरु यतिबेला लाप्राकमा स्वयंसेवा गरिरहनुभएको छ ।

लाप्राकमा नमूना बस्तीमा श्रमदान गर्दै भट्ट

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads