लालपूर्जा नभएका भूकम्प पीडितलाई घर बनाउने सुविधा दिन माग

5 June, 2018 16:29 | प्रदेश , प्रदेश ३ | comments | 47700 Views

२०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्पबाट पीडित बनेका तर जग्गाधनी पूर्जा नभएकाहरुले घर बनाउने अनुदान पाउन नसकेपछि त्यस्तालाई घर बनाउने अनुदान दिनुपर्ने माग प्रदेश ३ प्रदेशसभा बैठकमा उठेको छ ।

मंगलबार प्रदेश नं ३ प्रदेशसभाको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५/७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहले सो माग गरेका हुन् ।

adsads

बैठकमा नेकपाका रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौँमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पुर्याउनुपर्ने र भूकम्पपीडित भएका तर लालपूर्जा नभई घर बनाउन नपाएकाहरुलाई वैकल्पिक उपायद्वारा घर बनाउने अवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।

नेपाली काँग्रेसका प्रभात तामाङले कृषिलाई आधुनिकीकरण गर्नुपर्ने, दुर्गम स्थानमा खानेपानी सुविधा पुर्याउनुपर्ने लगायत सुझाव दिनुभयो । नीति तथा कार्यक्रममाथि मंगलबार र बुधबार छलफल हुनेछ ।

उक्त छलफलमा भाग लिन प्रदेशसभाका ४४ सदस्यले नाम लेखाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । जेठ २४ गते बस्ने प्रदेशसभाको बैठकमा नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएका जिज्ञासा र सुझावको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यसैगरी प्रदेशसभाको आकस्मिक कोष स्थापनासम्बन्धी विधेयक, २०७५ र मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक २०७५बारे पाँच समितिमा दफावार छलफल चलिरहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहन निरौलाले बताउनुभयो ।

आएको सहयोग र अनुदानले के बन्यो (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More