Sunday 30, April 2017
नेपाली समय: 07:11:49
जापानी समय: 10:26:49

लिसेस्टर क्वाटरफाइनलमा

15 March, 2017

 

licesterसाविक प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षीत गरेको छ । त्यस्तै इटालीयन च्याम्पियन युभेन्टसले पनि प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

मंगलबार राती सम्पन प्रि– क्वाटर फाइनलमा जित्नै पर्ने दबाबमा रहेको लिसेस्टरले घरेलु मैदानमा स्पेनिस क्लव सेभियालाई २–० ले पाखा लगाएपछि समग्रमा ३–२ ले नतिजा आफ्नो पक्षमा पार्यो । घरेलु मैदानमा लिसेस्टर भाग्यमानी सावित भयो । सेभियाका समीर नास्री खेलको ७४औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएर १० खेलाडीमा सिमित भएको केहि समयमानै उसले गोलको एक अर्को मौका चुकायो । ८०औं मिनेटमा सेभियाका जोन्जीले गरेकोे पेनाल्टी प्रहारलाई लिसेस्टरका गोलरक्षक चेमिचेलले रोकेपछि लिसेस्टर संभावित बराबरीबाट जोगिएको थियो ।

यसअघि खेलको पहिलो हाफको गोल मार्पmत खेलमा अगता कायम गरेको लिसेस्टरले दोस्रो हाफको सूरुवातमानै गोल गर्न पुगेको थियो । २७ औं मिनेटमा मोर्गनले घरेलु दर्शकलाई पहिलो गोलको खुशि दि एभने ५४औं मिनेटमा अल्ब्रिग्टोनले गोल गर्दै लिसेस्टरलाई च्याम्पियन्स लिगको अन्तिम ८ सम्म पुयाउन उल्लेख्य योगदान दिए । सेभियाको घरेलु मैदानमा भएको पहिलो लेगमा सेभियाले लिसेस्टरलाई २–१ ले पराजित गरेको थियो ।

मंगलबार रातीनै सम्पन्न अर्को खेलमा इटालीयन च्याम्पियन युभेन्टसले पोर्चुगलको पोर्टोलाई १–० ले हरायो । उसले पोर्टोमाथी सहज जित निकालेसंगै समग्रमा ३–० ले विजयी भयो । खेलको ४०औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई युभेन्टसका डिभालाले गोलमा परिणत गरेका थिए । जुन एकमात्र गोलका रुपमा रह्यो । यसअघि ४० औं मिनेटमा पेरेइरा रातो कार्ड खाँदै बाहिरिएपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो । पहिलो लेगमा युभेन्टस २–० ले बिजयी भएको थियो ।

रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo