लोकतन्त्रका सच्चा हिमायती कम्युनिष्ट- शंकर पोखरेल

14 December, 2017 09:41 | राजनीति | comments | 20100 Views

नेकपा (एमाले) का नेता शंकर पोखरेलले संविधान कार्यान्वयनको विशिष्ट शृंखला प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसँगै प्रारम्भ भएको बताउनुभएको छ ।

प्रेस चौतारी, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सबै नागरिकलाई कुनै भेदभाव नगरेको नेपालको संविधानको संशोधनको औचित्य पुष्टि गर्ने तत्काल कुनै आधार छैन । अब मुलुकलाई विकास, समृद्धि र राजनीतिक स्थिरतातर्पm डो¥याउने प्रयास हुनुपर्छ ।”

“नेपालका कम्युनिष्टलाई अधिनायकवादी भन्नेहरुले अब बुझ्नु पर्छ, लोकतन्त्रका सच्चा हिमायती कम्युनिष्ट नै हुन् भनेर जनताले चुनाववाट प्रमाणित गरेका छन्” – नेता पोखरेलले भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले मुलुकको राजनीतिक विवाद समाधान गर्न अहिलेको निर्वाचन सफल भएकाले जनताको आदेशलाई बुझेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ भन्नुभयो ।

कम्युनिष्ट एकताको एजेण्डालाई चुनावबाट जनताले नै अनुमोदन गरिसकेकाले ढिलो, चाँडो एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने कुरामा शंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

एक अर्को प्रश्नको जवाफमा उहाँले अब गठन हुने सरकारका सामु थुप्रै चुनौती भए पनि ठोस योजनाका साथ विकासका कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजे-प्रधानमन्त्री

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

फेसबुक

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

ट्वीटर

सामाजिक सञ्जाल

More