Thursday 27, April 2017
नेपाली समय: 10:52:41
जापानी समय: 02:07:41

लोडसेडिङले थलिएका उद्योग राहतको सास फेर्दै

18 April, 2017

uu

पछिल्लो समय आर्थीक वृद्धि ६ प्रतिशत पुगेको एडिभिले बताएको छ । यस्तोमा तिव्र रुपमा भइरहेको आर्थीक वृद्धिपछि नेपालले चाहेमा दोहोरो अंकको आर्थीक वृद्धि हासिल गर्न समय धेरै नलाग्ने कुरा प्रमाणित जस्तै भइसकेको छ ।

गतवर्षको सुख्खा याममा दैनिक ८ घण्टा मात्रै उत्पादन गरेका उद्योगले अहिले दैनिक १६ घण्टासम्म सञ्चालन हुँदै आएका छन् । गत वर्षको चैत महिनामा दैनिक ८ घण्टा उद्योग सञ्चालन हुने गरेको थियो । तर यो पटक दैनिक दुई सिफ्टमा उद्योग सञ्चालन भइरहेको छ । जसले अब चांडै रिजल्ट देखाउने उद्योग ब्यवसायिहरुले बताएका छन् ।

साना उद्योगसँग जेनेरेटको सुविधा नहुने भएकाले उत्पादनमा ठूलो कमी आएको थियो। तर, यो वर्ष साना उद्योग दैनिक १६ घण्टासम्म्म उद्योग सञ्चालन गरेर उत्पादन बजारमा ल्याइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणमा जनार्दन शर्मा उर्जामन्त्री र कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि दैनिक १२ देखि १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ अन्त्य भएको थियो ।

लोडसेडिङ अन्त्य हुनासाथ साना तथा ठूला उद्योगको उत्पादन स्वत वृद्धि भएको छ । पुर्व उद्योग वाणिज्य महासंघका अध्यक्ष  पशुपति मुर्रारकाले अब उद्योगहरु नयां रुपमा फस्टाउने बताए । उनले उद्योगिहरु निकै उत्साहि भएको भन्दै चांडै थप कलकारखाना विस्तार हुने जानकारी दिए ।

धुर्मुस सुन्तली फाउन्डेसनलाई दक्षिण कोरियाबाट ११ लाख भन्दा बढि सहयोग

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo