Sunday 30, April 2017
नेपाली समय: 07:06:55
जापानी समय: 10:21:55

वडाको संख्या निर्धारण विधेयक पारित

20 March, 2017

गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जनसहित सदनको बहुमतले पारित गरेको छ । उपप्रधान मन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शङ्कर नायकले उक्त प्रस्तावलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले सो विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले ती संशोधनलाई अस्वीकार गरेको थियो । उक्त विधेयकमाथि १० वटा संशोधन परेको थियो ।  बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि संशोधनकर्ता राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी, कृष्णभक्त पोखरेल, रामनारायण विडारी, रेवतीरमण भण्डारी, रामचन्द्र पोखरेल, दीपक कुईंकेल लगायतले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

उनीहरुले जनताले निर्वाचन र वडाबाट प्राप्त सेवा सुगम ढङ्गबाट होस् भन्ने चाहेकोजस्ता विषय समेटेर प्रस्तुत गरेको संशोधनमा मन्त्री नायकले सहमति जनाएका थिए। तर नेमकिपाका सांसदहरुले भने आफ्नो प्रस्ताव फिर्ता नलिनु भएको हुँदा निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतले अस्वीकार गरेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही चैत ८ गते दिनको १ बजे बस्नेछ ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo