भक्तपुरका विभिन्न बस्ती डुबानमा भक्तपुरका विभिन्न बस्ती डुबानमा

  • भक्तपुरका विभिन्न बस्ती डुबानमा
  • भक्तपुरका विभिन्न बस्ती डुबानमा

वर्षा र बाढीले भक्तपुरका विभिन्न बस्ती डुबानमा

13 August, 2017 20:18 | जन सरोकार | comments | 12150 Views

भक्तपुरका विभिन्न बस्ती डुबानमा

दुई दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्ती डुबानमा परेका छन् । वर्षासँगै हनुमन्ते खोला र मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि डुबानमा परेको हो ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको सूर्यविनायक बाराही स्थान आसपासका बस्ती र भूकम्पपीडितको टहरामा बाढी पसेको स्थानीयवासी भरत श्रेष्ठले बताउनुभयो ।

भूकम्पपीडितको टहरामा बस्ती पसेपछि उनीहरु आफन्तकामा आश्रय लिन गएका छन् । त्यस्तै हनुमन्ते खोलामा आएको बाढीले बालकोटको खोला आसपासको बस्ती पनि डुबानमा पारेको छ । यता बालकोट हाइटमा सातवटा घर डुबानमा परेको सूर्यविनायक नगरपालिका–२ बंगलामुखी मार्गका पुरण न्यौपानेले जानकारी दिनुभयो ।

मनोहरा खोलामा आएको बाढीले लोकन्थली जडीबुटी क्षेत्रमा रहेको सुकुम्वासी बस्तीलाई समेत डुबानमा पारेको छ । करिब २० घर डुबानमा पर्दा सुकुम्वासीमा त्रास बढेको स्थानीयवासी रामबाबु मगरले जानकारी दिनुभयो । यता भक्तपुरको बालकोट र ललितपुरको सिमानामा पर्ने गोदावरी खोलामा आएको बाढीले आसपासमा बनेका नयाँ बस्तीलाई डुबानमा पारेको छ ।

कतिपय बन्दै गरेको घरको निर्माण सामग्री बाढीले बगाएको र नयाँ बस्तीमा खोला पसेपछि खोला किनाराका बस्तीका बासिन्दा त्रासमा बस्नुपरेको बालकोट–२ का रामशरण थापाले जानकारी दिनुभयो ।

यता, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले भने बस्ती डुबानमा परेको र उद्धार गर्नुपर्ने अवस्थाका बारेमा जानकारी नआएकाले उद्धारमा प्रहरी नखटिएको प्रतिक्रिया दिनुभएको छ ।

माडीका बस्ती डुबानमा : सडक बगाउँदा यातायात अवरुद्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More