नेपाली काँग्रेस नेपाली काँग्रेस

  • नेपाली काँग्रेस
  • नेपाली काँग्रेस
  • नेपाली काँग्रेस
  • नेपाली काँग्रेस
  • नेपाली काँग्रेस
  • नेपाली काँग्रेस

वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार : नेपाली काँग्रेस

7 October, 2017 09:58 | राजनीति | comments | 181200 Views

नेपाली काँग्रेस

नेपाली काँग्रेसले वाम एकता ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को निर्वाचन तालमेलले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विगतको समझदारीविपरीत मुलुकलाई वैचारिक ध्रुवीकरणतर्फ लगेको ठहर गरेको छ ।

adsads

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले दलीय सहमतिअनुरुप प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सबै जुट्नुपर्ने बेला मुलुकलाई आवश्यक नै नभएको वाम एकताले लोकतन्त्रमाथिनै संकटका रुपमा लिएको जनाएको छ ।

संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ काँग्रेस र (माओवादी केन्द्र) लगायतका राजनीतिक दलबीचको सहकार्यलाई अगाडि बढाइ संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भइरहेको अवस्थामा हठात् माओवादी केन्द्रको एमालेसँग चुनावी तालमेल गर्ने निर्णयलाई काँग्रेसले अस्वाभाविकरुपमा लिएको जनाएको छ ।

साथै, एमाले र माओवादी केन्द्रबीच भएको छ बुँदे सहमतिले सरकारको वर्तमान गठबन्धन निर्माण गर्दा भएको तीनबुँदे सहमति माओवादी केन्द्रले तोडेको पनि बैठकले ठहर गरेको छ ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई समृद्धि र विकासको मार्गमा अगाडि बढाउनेभन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावसमेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँदै आएको नेकपा (एमाले)सँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यकरुपमा धु्रवीकरणतर्फ धकेलेको छ ।”

लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सिर्जना गर्दै आम जनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तिलाई दृढताका साथ नेपाली काँग्रेसले सामना गर्दै अघि बढ्ने जनाएको छ ।

शान्ति प्रक्रियाबाट विकसित भएको नेपालको राजनीति सहमति, सहकार्य र मेलमिलापको कार्यदिशाबाट संविधानको कार्यान्वयनसम्म आइपुगेको तथ्य सर्वविदितै रहेको भन्दै काँग्रेसले यही बाटोबाट नै देशमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धि हुनसक्छ भन्ने दृढता व्यक्त गरेको छ ।

विकसित परिस्थितिबाट काँग्रेस विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै यस बाटोमा समान सोच राख्ने सबैसँग सहकार्य गर्न सदैव तत्पर रहेको पनि काँग्रेसले जनाएको छ ।

बैठकले राष्ट्रियता, लोकतान्त्रिक मूल्य र मान्यतामाथि हुन थालेको आक्रमणलाई दृढताकासाथ सामना गर्दै एकताबद्ध भएर उच्च मनोबल र सक्रियताका साथ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन आफ्ना कार्यकर्ता, शुभचिन्तक र समर्थक सबैमा आह्वानसमेत गरेको छ ।

मुलुकमा अस्वाभाविक घटनाक्रमबाट विकसित परिस्थितिमा प्राप्त उपलव्धिको संरक्षण र संवद्र्धन गर्न तथा घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउने राष्ट्रिय दायित्व आफ्नो काँधमा आएको भन्दै काँग्रेसले देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकताअनुसार चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले आगामीे निर्वाचनमा उम्मेदवारको छिनोफानो गर्नलाई संसदीय बोर्ड बनाउने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार निर्वाचनसम्बन्धी मापदण्ड बनाउँदै गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका, विद्रोही उम्मेदवार भएका र विद्रोही उम्मेदवारको प्रस्तावक र समर्थक भएका व्यक्तिलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अवसर नदिने निर्णय गरेको छ ।

त्यस्तै, रुपान्तरित व्यवस्थापिका–संसद्मा समानुपातिक सांसदका रुपमा रहेका नेतालाई पनि नदोहो¥याउने निर्णय भएको नेता घिमिरेले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका व्यक्तिलाई पनि अबको निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय भएको काँग्रेसले जनाएको छ ।

घोषणापत्र तयारीबारे छलफल

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७४ नेपाली काँग्रेस केन्द्रीय घोषणापत्र तयारी समितिले आज पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा बुद्धिजीवीसँग सुझाव संकलन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित सुझाव संकलन कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्य, जिल्ला सभापति, सांसद, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी, पूर्वराजदूत, पूर्वप्रशासक, वरिष्ठ पत्रकार, उद्योगपतिलगायत बुद्धिजीवीको सहभागिता रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणापत्र तयारीका सन्दर्भमा संक्षिप्त प्रकाश पार्नुहुँदै सुझाव र सल्लाहका लागि आग्रहसमेत गर्नुभएको थियो ।

लोकतन्त्र, राष्ट्रवादी र प्रगतिशील सबैलाई समेट्ने काँग्रेसको निर्णय

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली काँग्रेस

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More