वाम गठबन्धन र मधेसीबीच तालमेलको प्रयास विफल

23 January, 2018 22:07 | राजनीति | comments | 88500 Views

राजपाका नेता

वाम र मधेसी गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयास असफल भएको छ । मधेसी गठबन्धनमा आवद्ध राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि सहमति प्रयास भाँडिएको हो ।

adsads

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपा शीर्ष नेताहरुबीच मंगलबार दुई पटक छलफल भएको थियो ।

प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल चाहेन ।

‘एक सिटका लागि राज्य पुनर्संरचनाको मुद्दामा सहमति गर्न सकिँदैन’ एमालका एक नेताले भने । उनका अनुसार भोलि बन्ने प्रदेश र केन्द्र सरकारमा पनि सहकार्य हुने सम्भावना रहँदा वाम गठबन्धन संविधान संशोधन गर्ने बचन दिन सकारात्मक थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More