“विदेशमा औलो दिदाँ डुडुल्को निल्न खोज्न हुन्न है”

3 March, 2017 09:28 | बिचार | comments | 4 Views

narendra-basnet

 

– नरेन्द्र बस्नेत

उनी भन्दै थिइन्, म त्यसलाई छोडदै छोडदिन ।

म उनलाई सम्झाउदै थिए, भैगो छोडीदेउ ।

उनी भन्दै थिइन्, त्यसले मेरो इज्जतमा धाबा बोली ।

म भन्दै थिए उसले तिम्रो हैन त्यसको आफ्नै इज्जत मा धाबा बोली ।

उनको आक्रोश थियो, त्यसले आफूभन्दा ठुलोको इज्जत गर्न सकिन ।

मैले प्रतिक्रिया दिदै भने उसले आफूभन्दा ठूलोको हैन आफ्नै इज्जत गर्न सकिन ।

उनले गुनासो गर्दै गरिन, बेरोजगारीमा मलहम लगाउने प्रयास गरेर ठस्लो भुल गरेछु ।

म भन्दै थिए, तिमीले ठूलो भुल हैन महाभुल गर्यौ किनकी तिमीले निःशुल्क र निस्वार्थ उसलाई रोजगारी दिलाईदियौ ।

उनले अनुभब सुनाइन, नेपालीहरुलाई निशुल्क सेवा दिनु हुँदैन, निशुल्क र निस्वार्थ सेवा गर्यो भने आफूले पालेको सर्पले आफुलाई नै डसे जसरी आफैतिर नकारात्मक हुँदारहेछन् ।

मेरो जवाफ थियो सबै त्यस्ता हुँदैनन्, एकदुर्इ जना चरित्रहीन, आचरणहिन, बिबेकहिनहरुको कारणले तिमीले आफ्नो बाटो डगमगाउनु हुँदैन। कर्म गर्दै जाने फलको आस नगर्ने तिम्रो स्वभावलाई निरन्तरता दिदै जाउ ढिलो चाँडो त्यस्ताहरुको पनि बिबेक आउछ ।

उनी रिसाउदै भनिन, हजुरले सबै फटाहा र सामाजिक दुराचारीहरु सुधार्ने ठेक्का लिएको छ र यो समाजसंग ?

मैले सम्झाउन खोजे, असल त त्यसै असल छँदै छन्, बाटो बिराएका र बिराउन खोज्दै गरेकाहरूलाई सही दिशा देखाउनु हरेक सकारात्मक सोच भएका नागरिक हरुको कर्तब्य हो ।

फेरि उनले दोहोर्याइन त्यसको बेरोजगारीमा मलहम लगाउने प्रयास गरेर ठूलो भुल गरेछु । मेरो उत्तर उही थियो ठूलो भुल हैन महा भुल गर्यौ किनकि तिमीले निशुल्क र निस्वार्थ उसलाई रोजगारी दिलाईदियौ ।

फेरी उनले थपिन, आजसम्म कैयौंलाई रोजगारीको लागि सहयोग गरे होला तर यति सारो बिबेकहीनहरुको संगत पहिलो पटक गर्नुपर्यो ।

सम्झाउदै मैले भने, मजा नै यसैमा छ रंग बिरंगका मान्छेहरुसंग संगत गर्दै जाने तर आफ्नो इमान्दारीता कार्यकुशलता र धैर्यताबाट कहिल्यै नडगमगाउने ।

उनी रिसाउदै भन्छिन, म त्यसलाइ छोडदै छोडदिन ।

म उनलाई सम्झाउदै थिए फोहोरलाई चलायो भने छिटा आफैतिर आउँछ, भैगो छोडिदेउ ।

उनको निस्कर्ष थियो, अबका दिनहरुबाट मैले कुनै पनि नेपालीहरुलाई नत सहयोग नै गर्नेछु नत मतलब नै राख्नेछ ।

म भन्दै थिए, धत् कहाँ त्यसरी निरह बन्नु हुन्छ र एक दुर्इजना खराबहरुले गर्दा आफू आफ्नो इमान्दारिता र कार्यकुशलतामा चुक्नु हुँदैन । सकेको निस्वार्थ सेवा र सहयोग गर्दै अगाडी बढ्नु पर्छ ढिलो चाडो भगवानले सबैलाई सद्बुद्दि दिनुहनेछ ।

फेरि पनि म भनिरहें बैगुनीलाई गुनले मर्नुपर्छ भन्ने भनाइलाई चरितार्थ गर्दै तिमी आफ्नो निस्वार्थ कर्म गर्दै जाउ ढिलो चाँडो सबैको बिबेक आउछ ।

विदेश अर्थात जापानमा एकले अर्कोलाई सहयोग गर्नेलाई गलत नजरले हेर्ने चलन छ । उनीले नयाँ आएकी एकजना बहिनीलाई काममा लगाइदिएको थोरै पैसा आयो अनि गर्हौ काममा लगायो भनेर तथानाम कुराकाटेको थाहा पाएपछि त के गर्नु आज तीन दिन भयो ।

जसलाई भेटयो आफ्नो कुरा विसाउने ठाँउ जस्तै भारी विसाउने मान्छे म भएको छु । दिनहुँ संम्झाउनु सिवाह अरू गर्न सकेको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More