विदेशमा पनि तेरो र मेरो, यो राजनीति कसका लागि ?

7 November, 2017 15:12 | बिचार | comments | 12300 Views

– बिष्णु सापकोटा (खगराज) –

मान्छे एक चेतनशील प्राणी हो । यो सर्वविदितै छ । तर पछिल्लो समय मान्छे राजनैतिक प्राणिका रुपमा पनि बिकसित हुँदैछ । संसारका जेजति ठूला ठूला विकासका योजना वा युद्ध क्रान्ति उथल्पुथल भएको छ त्यो सबै कुरा राजनीति र राजनीतिज्ञको अथाह प्रयासबाट भएको हो भन्दा अन्यथा पक्कै हुनेछैन ।

हुन त म राजनीतिका बारेमा त्यति धेरै मनन चिन्तन गर्दिन किनकी मेरो पाटो राजनीति थिएन र होइन पनि । पछिल्लो समय हामी नेपाली सामुदाय चाहे त्यो बिदेशमा बस्ने होस् या स्वदेशमा बस्ने सबैतिर राजनीति खुबै फस्टाएको छ । अरुमा भन्दा राजनीतिमा आफूले आफूलाई खुब अब्बल ठान्छौं । स्वदेशमा रहने समुदाय राजनीतिबाट हिजो पनि अछुतो थिएन, आज पनि छैन र भोलि पनि हुने छैन । तर, बिदेशमा रहने हामी नेपाली समुदाय खै आफू नै उमेद्वार भएझैं गरिरहेको देख्दा कठै भन्न मनलाग्छ ।

बिदेशमा मौलाउँदै गएको कुसंस्कृति नै हो राजनीति हो भन्ने भान पर्न थालेको छ । फलानो यो पार्टीको ढिस्कानो उ पार्टीको भन्दै फगत कृया प्रतिकृयाहरु दर्शाउनुमा खासै तुक देखिदैन ।

अझ जापानमा गर्ने राजनीति दिन दुईगुणा रात चौगुणाकै रुपमा बढिरहेको छ भन्दा अन्यथा हुनेछैन । मानौं कि काम गर्ने नेपाली रेस्टुराँको मालिक र कामदार दुई फरक फरक पार्टीका हुँदा त झनै काम नै धरापमा पर्लाझै गरी राजनीति लाग्छ जापानका नेपाली सामुदायमा ।

फेसबुके राजनीतिले संसारका कुना कुनामा रहेका नेपालीलाई छोएको छ यतिबेला । खै यसरी गरिने राजनीतिबाट कस्तो संस्कृतिको बिकास गर्न खोजिरहेका छौ बुझ्न नसकेको कुरा हो । बिश्वको चरम् बिकास देखिरहेका हामी प्रवासी नेपालीहरुले स्वदेशमा त्यो बिकासको घेरा कोर्न सक्नुपर्ने थियो तर हामीलाई अर्काको रिस डाह गर्दैमा फुर्सद छैन ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका बारेमा प्रवासमा रहेका नेपालीले सामाजिक संजालमा गरेको टिप्पणी र प्रतिक्रिया कम रोचक छैन । एक पार्टीको समर्थकले अर्को पार्टीप्रति गरेको सकरात्मक वा नकरात्मक प्रतिक्रिया र त्यसमाथिको सवालजवाफ बिकाराल रुपमा देखिदैछ । कतै यही कारण गम्भीर दुर्घटना नै निम्तिने त हैन ? यो सोचनीय बिषय छ ।

बिदेशमा रहेका तपाईं हामीले गरेका यस्तै यस्तै ससाना गल्तीले कतै बिदेशीको नजरबाट हाम्रो राष्ट्रियता खुम्चदै जाने त होइन गम्भिर हुनुपर्ने समय आएको छ । म बिदेश तपाईं बिदेश अनि तपाईंका थुप्रै आफन्त बिदेश, तैपनि कस्का लागि नेपाली राजनीतिमा पक्ष विपक्ष र आरोप प्रत्यारोप नबुझेको प्रसँग हो यो ।

नेपालमा निष्पक्ष तवरले राजनीति हुन्थ्यो भने नेपालीको आर्थिक सामाजिक हैसियत धेरै माथि प्गिसक्थ्यो । आगामी दिनमा सुशासनयुक्त राजनीति भएमा मात्र नेपालको बिकास सहज हुनेछ यस्का लागि नेपालमा रहेका जनता नै सजग हुनु अनिवार्य छ ।

प्रवासी नेपालीहरुले लगानी गर्ने र लगानीको सुरक्षा राजनीतिज्ञले गर्न सक्नुपर्छ भन्ने अहिलेको बहस हुनुपर्ने थियो । त्यसैले हामी प्रवासी नेपालीहरुलाई यो वा त्यो नभनी नेपालको बिकास र सम्बृद्धिमा लाग्ने शक्ति प्राप्त होस् ।

मालिका बाग्लुङ, हाल टोकियो जापान

आठ कक्षा फेल हुने त जापान गयो, म किन नजाने ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More