विदेशीलाई सशुल्क चिकित्सा खर्च जुटाउने योजना बुन्दै जापान

17 July, 2017 17:18 | जापान | comments | 9750 Views

जापानमा आउने पर्यटकहरु मध्ये धेरैले विरामी भएको अवस्थामा अस्पतालको विल नर्तिने गरेको पाइएको छ ।

यस्तो जापानको स्वास्थ्य मन्त्रालयले विदेशी पर्यटकहरुको लागि सशुल्क चिकित्सा खर्च लागु गर्न  के कस्तो योजना ल्याउन सकिन्छ भन्ने विषयमा सर्वेक्षण गर्ने भएको छ ।

त्यसको लागि मन्त्रालयले जापानको ७ हजार अस्पतालबाट नर्तिनेको विल बाट कुल रकम निकाने र त्यसलाई कसरी समयोजन गर्ने सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने निर्णय गरेको समचार जापान टुडेले लेखेकाे छ ।

आर्थिक बर्ष २०१४ सम्ममा जापानी नागरिक सहित विदेशीहरुले नतिरेको विलको औसत रकम ५०‍.१८ मिलियन येन पुगेको थियो ।

पर्यटन एजेन्सीका अनुसार जापान आउने ३० प्रतिशत पर्यटकहरुले  यात्राका क्रममा चिकित्सा बिमा खर्चा नतिरी आउने गरेको बताएको छ ।

सन् २०१० सम्ममा जापान आउने पर्यटकहरुको संख्या ८.६१ मिलियन थियो भने सन् २०१६ मा यसको संख्या २४.०४ मिलियन पुगिसकेको छ र अझै बढ्ने अनुमान गरिएको छ ।

यस्तोमा जापान सरकारले सन् २०२० सम्म लागभग ४० मिलियन पर्यटक भित्राउने र सन् २०३० सम्ममा ६० मिलियन पुग्न सक्ने अनुमान गरेको छ ।

बढदो पर्यटकहरुलाई ध्यान राखेर गैर जीवन बिमा कम्पनीहरुले पर्यटक एजेन्सी संगको सहकार्यमा नयाँ बिमा योजना बनाएको छ । जसमा पर्यटकहरुले जपान आएपछि यसमा आबद्ध हुने छन् ।

                                                                                                                                                                                      -अादर्श देवकाेटा

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More