विदेशी जेलमा रहेका नेपालीको मुद्दा सरकारले लड्छः मन्त्री विष्ट
वैदेशिक रोजगारीका क्रममा जेलमा परेर कानुनी उपचार नपाएका नेपालीको मुद्दा अब सरकारले नै लडिदिने भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कानुनी उपचार नपाएर जेलमा थुनिएका निर्दोष नेपालीका लागि सरकारले नै मुद्दा लडिदिने बताएका हुन् ।
‘विदेशी जेलमा रहेका नेपालीलाई नेपाल सरकारले कानुनी रक्षाको लागि कानुनी सेवा र परामर्श निशुल्क गराउने छ’ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले ‘यस विषयमा अध्ययन गरी सिफारिस गर्न सम्बन्धित निकायका पदाधिकारीहरुलाई निर्देशन दिइसकेको बताए ।
श्रम तथा रोजगार मन्त्रालयले गन्तब्य मुलुकमा नेपाली कामदार रोजगारदाता कम्पनीबाट शोषण र अन्यायमा परेको अवस्थामा त्यही देशको नागरिकबाट सहयोग लिने निर्णय गरिएको पनि जानकारी दिए ।
‘समस्यामा परेका नेपाली कामदारलाई सहयोगका लागि त्यही देशको भाषा संस्कृति बुझेको नागरिकलाई नेपाली नियोगको माध्यमबाट नियुक्ति गर्ने निर्णय भएको छ’, मन्त्री विष्टले पत्रकारहरुसँग भने ।
सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीका परिवारलाई दिइने राहत रकम वितरण प्रक्रियालाई पनि सहज बनाउने प्रयास थालेको बताएका छन् । विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई अबबाट प्रदेश तथा सकेसम्म स्थानीय तहबाटै राहत रकम हस्तान्तरणको पहल थालिने मन्त्री विष्टले जानकारी दिए ।
‘वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका पीडितका परिवारले पाउने राहत रकम प्रदेशस्तर र सकेसम्म स्थानीय तहबाटै सेवा दिने गरी काम थाल्न निर्देशन दिइसकेको छु’, मन्त्री विष्टले अगाडि भने, ‘त्यसका लागि आवश्यक अध्ययन भइरहेको छ, चाँडै हामी यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा
- प्रदेश ३ का सांसदको पोषाक कालो कोट र सेतो दौरा सुरुवाल
- दिल्ली टस जितेर बलिङ गर्दैः सन्दीप टोलीमा परेनन्
- सुन तस्करीमा सम्लग्न पूर्व डिआईजी निरौला विरुद्ध मुद्दा
- भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
- प्रदेश नं २ मा धार्मिक पर्यटकीय विकास प्राथमिकतामा
- तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा
- सोमबार दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार
- भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा दुई पक्राउ
- आरोले मुढा चिर्दै मजदुर
- हिमालको शोभा बढाउँदै लालीगुराँस
- रसिलो ऐसेलु
- ‘छ लेन‘ सडक निर्माणका लागि सडक क्षेत्रमा बनेको घर भत्काइँदै
- फुगाउँ जाने ढोका
- विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत
- उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन
- कञ्चनपुरमा २० नयाँ कुष्ठरोगी फेला
- वनेपामा ‘करेन्ट साङ्गीतक यात्रा’
- ५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक काफ्ले पक्राउ
- पर्यटकीय पदमार्ग निर्माण शुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


