विप्लव माओवादी, तराईका सशस्त्र समूह र चुनावचिन्ह नपाएकाबाट सुरक्षा चुनौति

21 April, 2017 20:21 | राजनीति | comments | 1350 Views

security-persons

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका विषयमा अनेक रणनीति बनिरहेको छ । निर्वाचनमा तीन तहको सुरक्षा घेरा निश्चित भए पनि सुरक्षा चुनौति कोबाट हुन्छ भन्ने निष्कर्ष भने हालै निकालिएको छ ।

यसै क्रममा बिहिबार मध्यमाञ्चल विकास क्षेत्रभित्रका पहाडी जिल्लाका सुरक्षा प्रमुखले निर्वाचन विथोल्ने घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको चुनावविरोधी गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेका छन् ।

त्यसै गरी अधिकारीहरुले विप्लपका अलावा चुनाव चिह्न नपाएका राजनीतिक दलहरुको विरोध, तराईका सशस्त्र समूह, अन्य अपराधिक समूहबाट सुरक्षा चुनौती रहेको धारणा राखेका थिए ।

सुरक्षा अधिकारीहरुले धम्की, मनोवैज्ञानिक त्रास फैलाउने, उम्मेदवारीको लागि अवरोध, मतदान सामाग्री नष्ट, कर्मचारीलाई कालोमोसो, निर्वाचन गतिविधि सञ्चालन हुन नदिने लगायतका काम हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहनुपर्ने धारणा राखेका थिए ।

धुलिखेलमा सम्पन्न सुरक्षा गोष्ठीमा सहभागी पहाडी ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने धारणा राखेका हुन् ।

गोष्ठीमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

निर्वाचन सुरक्षाका लागि सेना सडकमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More