विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा

12 September, 2017 18:02 | कर्पोरेट/पर्यटन | comments | 9750 Views

मझगाउँ विमानस्थल

दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् ।

विमानस्थल सुचारु नहुँदा कन्चनपुरका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् ।

हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाईसेवा महत्वपूर्ण भएकाले विमानस्थल सुचारु गर्न पटकपटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउनुहुन्छ । हवाईसेवा नहुँदा यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेका उहाँको भनाइ छ ।

“हवाईसेवा नहुँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सिद्धबाबा, झिलमिला, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्” उहाँले भन्नुभयो । हवाई यातायातको व्यवस्था नहुँदा यहाँ घुम्न आउने पर्यटकको संख्या नगन्य मात्रामा रहने गरेको छ ।

पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा यहाँका पर्यटन व्यवसायीले जोड दिएका छन् । विसं २०२५ मा निर्माण गरिएको सो विमानस्थल २०५५ सालदेखि बन्द छ ।

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध : पर्यटक रोकिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More