विमान दुर्घटना : उपचारका क्रममा थप दुईजनाको मृत्यु, मृतकको संख्या ५१ पुग्यो

13 March, 2018 20:07 | जन सरोकार | comments | 84300 Views

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमानको दुर्घटनामा परी मर्नेको संख्या ५१ पुगेको छ । सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो ।

adsads
मंगलबार उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो ।

गृह मन्त्रालयको हवाला दिंदै राससले दिएको समाचार अनुसार मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

यसैबीच गृह मन्त्रालयले युएस बंगला विमान दुर्घटना भई त्यसमा सवार यात्रुको दुःखद निधन भएकामा गहिरो समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । मन्त्रालयले मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

मन्त्रालयले घटनाको खोज तथा उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका निकाय, खोज उद्धार टोलीसहित अग्निनियन्त्रक संस्था, एम्बुलेन्स, अस्पताललाई मानवीय सेवा पुर्याएको भन्दै धन्यवाद व्यक्त गरेको छ ।

हवाई सेवाको इतिहास, नेपालमा यसको सुरुवात र हालसम्मका दुर्घटना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More