विराटनगरको कपडा पसलमा आगलागी, ४० लाखको क्षति

17 January, 2018 17:10 | जन सरोकार | comments | 33150 Views

विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई आगो लाग्दा पसलमा रहेको आधाभन्दा बढी तयारी कपडा जलेर नष्ट भएको छ।

बिहान ५ बजेतिर आगलागी भएको र आगोलागीमा परी अनुमानित ४० लाख मूल्य बराबरको धनमाल क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताउनुभयो।

वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो। आगलागीको कारण र क्षतिको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More