विराटनगरमा रहेको भारतीय क्याम्प हटाउने प्रतिबद्धता

19 May, 2018 22:52 | राजनीति | comments | 44100 Views

२०६५ सालमा कोशी नदीमा बाढी आएको बेला भारतीय बाटो हुँदै नेपाल आउने सवारी साधनलाई इजाजत दिन स्थापना गरिएको भारतीय क्याम्प बन्द गराउने माग ठूलो राजनीतिक मुद्दा बनेको छ ।

यस्तोमा प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने बताउनुभएको छ ।

adsads

नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विराटनगरको फिल्ड अफिस हट्ने बताउँदै भारत १९५० को सन्धि फेर्न सहमत भइसकेकाले उक्त कार्यालय हट्ने बताउनुभएको हो ।

यो कार्यालय हटाउन धेरै पहिलेदेखि नेपाल सरकारले पटक–पटक आग्रह गर्दा पनि भारतले सो क्याम्प हटाएको छैन ।

पछिल्ले समय सो कार्यालय लक्षित गरी बम बिस्फोट समेत गरउन थालिको छ । गत वैशाखमा विराटनगर महानगरपालिका वडानम्बर १३ मा रहेको सम्पर्क कार्यालयलाई लक्षित बम विष्फोट गराइएको थियो । विस्फोटबाट भारतीय दूतावासको पर्खालमा ठूलो क्षति पुगेको थियो । सो बम विप्लव माओवादीले गराएको आशंका गरिएको छ ।

क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादीले विराटनगरवाट भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गदै आएका छन् ।

लिपुलेक सम्झौता खारेजी र भारतीय सेना फिर्ता गर्न ज्ञापनपत्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More