विराटनगर महानगरले संसद भवन बनाउन डेढ विघा जमिन दिने

24 February, 2018 20:50 | जन सरोकार | comments | 94800 Views

 

प्रदेश १ को संसद भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ । अहिले जिल्ला विकास समितिको हलमा प्रदेशसभा बैठक बस्ने गरिएको छ ।

adsads
तर, त्यो पर्याप्त नभएको भन्दै महानगरपालिकाले जग्गा दिने निर्णय गरेको हो ।

महानगरपालिका परिषदको वोर्ड वैठकले विराटनगर ८ स्थित हाट खोला मैदान संसद भवनका लागि उपलव्ध गराउने निर्णय गरेको हो । यो जग्गा अहिले सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको थियो ।

मेयर भिम पराजुलीका अनुसार ‘अहिले अस्थायी रुपमा प्रयोगमा ल्याएको जिससको हलपनि प्रयाप्त छैन । संसद भवनको स्थायी संरचना निर्माणका लागि महानगरले संसद सचिवालयलाई जग्गा उपलव्ध गराएर सहयोग गर्ने निर्णय गरेको उनको भनाई छ ।’

सरकारले प्रदेशको अस्थायी मुकाम विराटनगरलाई तोकेको छ र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालयहरु विराटनगरमा नै स्थापित गर्न खोजेक छ ।

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More