Tuesday 30, May 2017
नेपाली समय: 02:57:46
जापानी समय: 06:12:46

विवाहको तयारीमा रहेका ओम,नेपालको लुम्बिनीमा अन्तिम सास लिन चाहन्थे

10 January, 2017

दिवंगत ओम पूरीकी श्रीमती नन्दिताले सोमबार पुलिसलाई बयान दिएकी छिन् । उनले ओमको निधन सामान्य नभएको भन्दै पुलिसलाई आत्महत्या या हत्या ? त्यसको पूर्णरुपमा जाँच गर्न अनुरोध गरेकी छिन् । नन्दिताले आफ्नो र ओमको सम्बन्ध सामान्य हुँदै गएकोे भन्दै यस्तो अवस्थामा ओमले आत्महत्या गर्न नसक्ने बताईन् ।

om-puri

त्यस्तै अर्कातिर ओम पूरी पहिलो पत्नी सीमासँग विवाह गर्ने तयारीमा भएको खबर पनि थियो । दोस्रो श्रीमती नन्दितासँग केही बर्षअघि अलग भएका ओम, उनीसँग कानुनी रुपमै अलग हुने सोचमा थिए ।

तर छोराका कारण ओम नन्दिताको टचमा थिए । ओम नन्दितालाई प्रत्येक महिना तीन लाख रुपैयाँ खर्च स्वरुप दिने गर्थे । नन्दिता ओमको लोखण्डवालामा रहेको फ्ल्याटमा बस्दै आएकी थिईन् ।

ओम र नन्दिताको डिभोर्सकोे सुनुवाई १५ जनवरीमा थियो । तर त्यो भन्दा अगाडि नै ओमले यो संसार छाडे । डिभोर्सका लागि उनीहरुको बीचमा आठ करोडको सम्झौता भएको थियो

पहिलो पत्नीसँग विवाह गर्ने तयारीमा थिए ओम

ओम पहिलो श्रीमती सीमासँग पुन विवाह गर्ने योजनामा थिए । उनी विवाहको तयारीमा जुटिसकेका थिए । विवाह गरेर एक बर्षमा नै एकअर्काबाट अलग भएका उनीहरु जीवनका अन्तिम दिनहरुमा एक साथ जिउन चाहन्थे ।

बिगत दुई बर्ष यता उनीहरुले धेरै जसो समय एकसाथ बिताउन थालेका थिए ।ओम र सीमाबाट सन्तान छैनन् तर नन्दिताले भने एक छोरालाई जन्म दिएकी छिन् । छोरालाई सिनेमा र उच्च शिक्षाका लागि ओम विदेश पठाउन चाहन्थे । यहि कारण उनी नन्दितासँग टचमा थिए ।

शुक्रबार बिहान आफ्नै फ्ल्याटमा मृत फेला परेका ओमको टाउकोमा गहिरो चोट थियो । ६६ बर्षिय उनको टाउकोमा डेढ ईन्च गहिरो र ४ सेमी लामो घाउ देखेपछि धेरैलाई उनको निधन सामान्य नभएको आशंका छ ।

नेपालको लुम्बिनीमा अन्तिम सास लिन चाहन्थे ओम पुरी

ओम पुरीको बिषयमा अर्को खबर पनि सार्वजनिक भएको छ । ओमकी पीआरको रुपमा काम गर्दै आएकी स्मिता सिंहले मिडियालाई बताएअनुसार, उनी आफ्नो अन्तिम सास नेपालको लुम्बिनीमा लिन चाहन्थे । अज्ञातवासका लागि ओम लुम्बिनी जान चाहेको स्मिताले बताएकी छिन् ।

उनी, केहि दिनदेखि तनावमा थिए । स्मिताले भनेकी छिन्-‘करिब एक हप्तादेखि मलाई ओम साहबले भनिरहनु भएको थियो कि, म अज्ञातवासका लागि लुम्बिनी जान चाहन्छु । जहाँ गौतम वुद्धको जन्म भएको थियो ।

ओमले मलाई १५ दिनका लागि लुम्बिनी जान्छु र गोप्य रुपमा बस्छु भन्नु भएको थियो ।’ स्मिताका अनुसार ओम गौतम वुद्धले ध्यान गरेको रुखमुनि बसेर देह त्याग गर्न चाहन्थे । तर, उनको यो अन्तिम इच्छा पुरा हुन सकेन ।

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo