विश्वकप छनोटका ११ स्टारमा कप्तान पारस खड्का पनि

13 March, 2018 21:31 | खेल | comments | 83400 Views

आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १० देशका १० टिम एउटै लक्ष्यका साथ दुई साताअघि जिम्बावे पुगेका थिए । १० टिमकै लक्ष्य थियो आगामी वर्ष हुने एकदिवसीय विश्वकप खेल्ने ।

adsads
समूह चरणको समाप्तीसँगै ६ टिमको अझै लक्ष्यमा छन् भने ४ टिम बाहिरिएका छन् ।

समूह ‘ए’ बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर ६ पुगेका छन भने नेदरल्यान्ड्स र पपुवा न्युगिनी बाहिरिएका छन् । समूह ‘बी’ बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर ६ मा पुग्दा नेपाल र हङकङ बाहिरिएका छन् ।

सुपर सिक्समा पुगेका ६ टिम मध्ये २ टिमले विश्वकपमा स्थान पक्का गर्नेछन् ।

समूह चरणमा भएका २० खेलमा केही खेलाडीले तारिफयोग्य प्रदर्शन गरेका छन् । आइसिसीले उत्कृष्ट खेलेका ११ खेलाडीको सूची तयार पारेको छ । ११ खेलाडीमा जिम्बावे र हङकङका २–२ खेलाडी छन् । आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेपाल, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ खेलाडी सूचीमा समावेश छन् । ९ देशका खेलाडी सूचीमा पर्दा नेदरल्यान्ड्सका कुनै पनि खेलाडी समूह चरणको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा समावेश छैनन् ।

विलियम पोटरफिल्ड (आयरल्यान्ड)
३३ वर्षीय पोटरफिल्ड आयरल्यान्डका कप्तान हुन् । पछिल्लो एक दशकदेखि उनले आयरल्यान्ड क्रिकेट टिमका लागि धेरै योगदान दिइरहेका छन् । विश्वकप छनोटमा उनले नेदरल्यान्ड्स विरुद्ध ४७ रन प्रहार गरे । पपुवा न्युगिनी विरुद्ध शतक प्रहार गर्ने क्रममा उनले १ सय ११ रन जोडे । वेस्ट इन्डिज विरुद्ध डकआउट भएका पोटरफिल्डले युएई विरुद्ध ९२ रन बनाए ।

टोनी उरा (पपुवा न्युगिनी)
उराले विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा आयरल्यान्ड विरुद्ध शतक प्रहार गरेका थिए । ओपनर उराले १ सय ५१ प्रहार गरेपछि पपुवा न्युगिनीले २ सय ३५ रन जोडेको थियो । उराको शतकका बाबजुद पपुवा न्युगिनी खेलमा पराजित भएको थियफ । तर उनी खेलको म्यान अफ दि म्याच भए । नेदरल्यान्ड्स विरुद्ध ३७ रन प्रहार गरेका उनी वेस्ट इन्डिज विरुद्धको खेलमा ३ रनमै आउट भएका थिए ।

कोलुम म्याकलियोर्ड (स्कटल्यान्ड)
स्कटल्यान्डका टपअर्डर ब्याट्सम्यान म्याकलियोर्डले समूह चरणका पछिल्ला तीन खेलमा राम्रो खेल्न सकेनन् । तर उनले पहिलो खेलमा अफगानिस्तान विरुद्ध नटआउट १ सय ५७ रन प्रहार गर्दै सबैको ध्यान खिँचे । उनकै उच्च प्रदर्शनले स्कटल्यान्डले अफगानिस्तानमाथि सानदार जित हात पारेको थियो । उनको यो स्कोर स्कटल्यान्डको दोस्रो व्यक्तिगत उच्च स्कोर हो । अफगानिस्तान विरुद्ध उनले १ सय ४६ बलमा २३ चौका र १ छक्का प्रहार गरेका थिए । तेस्रो विकेटका लागि उनले रिची बेरिङटनसँग २ सय ८ रनको साझेदारी गरेका थिए ।

ब्रेन्डन टेलर (जिम्बावे)
टेलरले समूह चरणमा उत्कृष्ट ब्याटिङ गरे । पहिलो खेलमा नेपाल विरुद्ध ९१ बलमा शतक बनाएका उनले अफगानिस्तान विरुद्ध पनि राम्रो ब्याटिङ गरे । अफगानिस्तान विरुद्ध उनी ११ रनले शतक बनाउन चुकेका थिए । हङकङ विरुद्ध पनि उनले ४६ रन बनाउँदा स्कटल्यान्ड विरुद्धको अन्तिम खेलमा ४४ रन प्रहार गरेक थिए ।  उनले समूह चरणको ४ खेलमा कुल २ सय ७९ रन जोडे ।

पारस खड्का (नेपाल)
समूह चरणमा नेपालका कप्तान पारस खड्काले तारिफयोग्य ब्याटिङ गरे । जिम्बावे विरुद्धको पहिलो खेलमा उनले ४० रन जोडे । त्यसपछि लगातार दुई अर्धशतक प्रहार गरे । उनले स्कटल्यान्ड विरुद्ध ६३ तथा अफगानिस्तान विरुद्ध ७५ रन प्रहार गरे । दुवै टिम प्रतियोगिताकै उत्कृष्ट बलिङ आक्रमण भएको टिम मानिन्छन । हङकङ विरुद्ध पारस ११ रनमै आउट भए । तर खेलमा नेपालले जित निकाल्दै एकदिवसीय मान्यता पाउने ढोका खोल्यो ।

अंशुमान रथ (हङकङ)
अंशुमानले अफगानिस्तान विरुद्ध ६५ रन जोड्दा जिम्बावे विरुद्ध ८७ रन प्रहार गरेक थिए । यद्यपी उनी स्कटल्यान्ड विरुद्ध डकआउट हुँद नेपाल विरुद्ध पनि १ रनमै आउट भए । अंशुमानले दुई टेस्ट टिम विरुद्ध अर्धशतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरे ।

सिकन्दर राजा (जिम्बाबे)
जिम्बावेका अलराउन्डर राजाले नेपाल विरुद्ध ३ विकेट लिनुका साथै १ सय २३ रन जोडे । अफगानिस्तान विरुद्ध ६० रन बनाएका उनले ३ विकेट नै हात पारे । प्रतियोगिता राजा उत्कृष्ट अलराउन्डरको रुपमा सबैको नजरमा परे ।

रोहन मुस्ताफा (युएई)
युएईका कप्तान मुस्ताफाले पपुवा न्युगिनी विरुद्धको पहिलो खेलमा ९४ रन बनाए । बाँकी ३ खेलमा भने उनले राम्रो ब्याटिङ गर्न सकेनन् । यद्यपी उनले नेदरल्यान्ड्स विरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेर उनले ५ विकेट लिएपछि युएईले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो ।

मोहम्मद नाबी (अफगानिस्तान)
अफगानिस्तानका अलराउन्डर नाबीले मात्र टिमका लागि एकै स्तरको प्रदर्शन गर्न सके । पहिलो खेलमा ९२ रन बनाएका उनले दोस्रो खेलमा ५१ रन बनाए । तेस्रो खेलमा ३८ रनमा आउट भएका उनले नेपाल विरुद्ध ३४ रन प्रहार गरेका थिए ।

नेपाल विरुद्ध उनले महत्वपूर्ण ४ विकेट लिएपछि अफगानिस्तानको सुपर ६ पुग्ने आसा पलाएको थियो । ‍

जासन होल्डर (वेस्ट इन्डिज)
अलराउन्डर होल्डरको कप्तानीमा वेस्ट इन्डिजले समूह चरणमा चार वटै खेल जित्यो । नेदरल्यान्ड्स विरुद्ध मैदान नउत्रिएका उनले युएई विरुद्ध ५ विकेट लिए । पिएनजी विरुद्ध ९९ रन बनाएका होल्डरले आयरल्यान्ड विरुद्ध २ विकेट लिनुका साथै ५४ रन बनाए ।

इसन खान (हङकङ)
हङकङका अफ स्पिनर खानले सवै खेलमा विकेट लिन सफल भए । उनले स्कटल्यान्ड विरुद्ध ३/२९, अफगानिस्तान विरुद्ध ४/३३, जिम्बावे विरुद्ध २/५१ र नेपाल विरुद्ध २/३४ को स्पेलमा बलिङ गरे । समूह चरणमा ११ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More