विश्वकप हेरेर फर्कँदै गरेका युवा खोलाले बगाएर बेपत्ता

15 June, 2018 11:57 | पत्रपत्रिका | comments | 7200 Views
खोलाले बगाएर बीचमा अड्किएको राईको मोटरसाइकल निकाल्ने प्रयास गर्दै प्रहरी । तस्बिरः सीताराम गुरागाईँ

अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् ।

adsads
बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार राई चढेको मोटरसाइकल केही तल भेटिएको र उनको खोजी कार्य भरहेको छ । राई फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्थे ।

पहिरोले अवरूद्ध बनाएको मेची राजमार्गको फुङलिङ–सुकेटार खण्ड । तस्बिरः सीताराम

यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । मेची राजमार्गको फुङलिङ–सुकेटार खण्डका विभित्र ठाउँमा पहिरो गएको छ । – आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सहयोग

फेसबुक

सहयोग

ट्वीटर

सामाजिक सञ्जाल

More