विश्वकै कान्छा निर्देशक सौगातको हैरान सकियो

11 January, 2017 15:54 | कला/मनोरन्जन , कलिउड | comments | 1050 Views

विश्वकै कान्छा निर्देशक सौगात बिष्ट निर्देशित दोस्रो चलचित्र ‘हैरान’को छायाँकन सकिएको छ । ६१ दिनको छायाँकन पछि चलचित्र सकिएको हो । चलचित्रको बिषयवस्तुले गर्दा अनुमानित भन्दा बढी समय छायाँकनमा लागेको निर्माण पक्षले जानकारी दियो ।

nishma-and-gajit

४५ दिनको सेडुल सहित छायाँकनमा निस्किएको यो चलचित्र मुक्ति घले, वाइ.एल लामा र श्रृष्टी घिमिरेले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, पुष्कर रेग्मी, नव–कलाकार आरोहि शर्मा लगायतको अभिनय रहेको छ ।

कमेडी, प्रेम र सस्पेन्स शैलीका बिषयबस्तु चलचित्रमा रहेको छ । ‘लभ यू बाबा’ निर्देशन गरेर विश्वकै कान्छा निर्देशकको रेकर्ड बनाएका सौगात यो चलचित्रबाट ब्यवसाहिक रेकर्ड बनाउने दाउमा छन् ।कमर्सियल रुपमा तयार पारिएको यो चलचित्र दर्शकले मन पराउने निर्माता समेत रहेका कलाकार गजित बिष्टले बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More