विश्वको सबैभन्दा ठुलो ब्याट्री अस्ट्रेलियामा

29 November, 2017 15:50 | सूचना/प्रविधि | comments | 93300 Views

टेस्ला कम्पनीका कार्यकारी प्रमुख इलन मस्कले १०० दिनभित्र विश्वको सबैभन्दा ठुलो ब्याट्री अस्ट्रेलियामा बनाउने प्रतिबद्धता पुरा हुन लागेको एक अधिकारीले मंगलबार बताएका छन् ।

सेप्टेम्बरको अन्त्यतिर हस्ताक्षर भएको सम्झौताको १०० दिनभित्र १०० मेगावाट क्षमतमको ब्याट्री दक्षिण अस्ट्रेलियाको प्रान्तीय सरकारलाई निशुल्क प्रदान गर्ने मस्कले वाचा गरेका थिए । अस्ट्रेलियाको विद्युत प्रसारण व्यवस्थापन गर्ने अस्ट्रेलियाली उर्जा बजार संचालक लि. की प्रमुख कार्यकारी अड्री जिबेलम्यानले अस्ट्रेलियाको गर्मी मौसमको सुरुवातमा एसीको प्रयोगबाट उर्जा खपत उच्च हुने भएकाले त्यसको पहिलो दिन शुक्रबार सम्ममा ब्याट्री तयार हुने अपेक्षा गरिएको बताइन् ।

आफुहरु ब्याट्री परिक्षणको क्रममा रहेको र डिसेम्बर १ सम्ममा तयार हुने अपेक्षा गरेको जिबेलम्यानले अस्ट्रेलियान ब्रोडकाष्टिङ कर्पोरेशनलाइ बताइन् । उक्त ब्याट्रीले उच्च उर्जा खपतको समयमा करिब ३० हजार घरलाई उर्जा वितरण गर्न सक्ने टेस्लाले जानकारी दिएको छ ।

रोबोटिक हतियारबारे प्रविधि विज्ञहरुको आपत्ति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More