विश्वको सवैभन्दा सानो क्रिस्मस कार्ड

18 December, 2017 18:55 | सूचना/प्रविधि | comments | 20400 Views

बेलायतका वैज्ञानिकहरुले विश्वको सवैभन्दा सानो क्रिस्मस कार्ड बनाएका छन् र यो कार्ड यति सानो छ की एउटा पोष्ट कार्डमा यस्ता २०० मिलियन कार्ड अटाउन सक्छन् ।

नेशनल फिजिकल ल्याबोरेटरी ( एनपिएल ) ले बनाएको उक्त कार्डलाई युकेको नेशनल मेजरमेन्ट स्ट्यान्डर्डस् ल्याबोरेटरीले १५ x २० माइक्रोमिटर भएको बताएको छ । एक माइक्रोमिटर एक मिटरको एक मिलियनौँ अंश हुन्छ । यो कार्ड सिलिकन नाइट्राइडमा प्लाटिनमको लेप लगाएर बनाइएको छ आयोन बिमको केन्द्रिकरणबाट यसलाई देखाइएको थियो । यसको बाहिरी सतहमा स्नोम्यानमा सिजन्स ग्रिटिंस लेखिएको छ भने भित्र सिजनल सन्देश पनि राखिएको छ ।

आफ्ना सहकर्मी डा. किन मिनगार्डसंग मिलेर कार्ड बनाएका एनपिएलका डा. डेभिड कक्सले यसमा प्रयोग गरिएको प्रविधिका धेरै व्यवहारिक उपयोगिता रहेको बताए । यस प्रविधिलाई वस्तुहरुमा रहेका निकै साना कणहरुको चौडाइ मापन गर्न प्रयोग गरिरहेको र यसले नयाँ ब्याट्री र सेमीकण्डक्टर प्रविधिका लागि सहयोग गर्ने उनले बताए ।

एनपिएलले यसअघिको क्रिस्मस कार्डको मापन २०० x २०९ माइक्रोमिटर रहेको र अहिलेको कार्ड त्यसभन्दा १०० गुणा सानो रहेको बताए ।

क्रिसमसमा नेपाल सुन्दरीहरुले बनाएको केक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More