विश्वको १०० प्रभावशालि व्यक्तित्वमा टोकियो गभर्नर कोईकी

21 April, 2017 16:33 | जापान | comments | 1650 Views

टोकियो गभर्नर कोईकी

अमेरिकाको टाइम्स पत्रिकाले सार्वजनिक गरेको विश्वको १०० प्रभावशाली व्यक्तित्वमा जापानकी गभर्नर युरिको कोइके पनि परेकी छिन् |

पेरिसकि पहिलो महिला मेयर अने हिदागोले कोईकीलाई टोकियोकि प्रभावशाली तथा महत्वकांक्षी र जस्तो सुकै समस्याको समाधानको लागि सामाना गर्न नडराउने व्यक्तित्वको रुपमा चित्रण गरेकी छिन् । कोईकी जापानको मात्रै नभएर पुरै विश्वको लागि नै एक उदाहरणको रुपमा प्रस्तुत भएको उनले बताएकी छिन् |

त्यसै गरि विश्वको १०० प्रभावशाली व्यक्तित्वमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाईट हाउसका योजना प्रमुख स्टेफन बानन , रेन्स प्रिबुस साथै रक्षा सचिव जिम माटिस पनि सूची अन्तर्गत प्रभावशाली व्यक्तित्वमा छानिएका छन् ।

यूरिको कोइके टोकियोको नवौं गर्भनर  र जापानको पहिलो महिला गर्भनर हुन् ।- आदर्श देवकोटा

पूर्व रक्षामन्त्री यूरिको भईन टोकियोकी नयॉ गर्भनर

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More