विश्वमा सबैभन्दा कम विदा लिनेमा जापानी कामदार : सर्भे

13 December, 2017 14:31 | जापान | comments | 92100 Views

विश्वभरका कामदारमा गरिएको वार्षिक सर्भेका अनुसार जापानी कामदार सबैभन्दा कम विदा लिने र विदा लिएकोमा पछुताउनेको अनुपातमा अग्रपंक्तिमा रहेको देखिएको छ ।

अनलाइन ट्राभल एजेन्ट एक्सपेडिया डट कमको जापानी शाखाले सार्वजनिक गरेको सर्भेले जापानीहरुले आफुलाई दिइएको विदाको ५० प्रतिशत मात्र लिने गरेको पाइएको छ र यसले जापानीहरुलाई विदा लिने कामदारको सुचीमा लगातार दोस्रो वर्ष सबैभन्दा मुनी पारेको छ । साथै यस सर्भेले १८ वर्ष र माथिका जापानी कामदारमध्ये ६३ प्रतिशतले सशुल्क विदा लिएकोमा दोषी महसुस गर्ने गरेको र सर्भेमा सामेल १५ हजार एकासी जनाको सुचीमा पहिलो स्थानमा राखेको छ । सेप्टेम्बर ४ देखि १५ सम्म गरिएको सर्भेमा ३० देशका कामदारले प्रतिक्रिया दिएका थिए ।

उच्च ओहदाका कम्पनीमा निकै लामो समयसम्म कार्यरत रहने मुद्दा श्रृंखलाबद्ध कारोसी ( अत्यधिक कार्यभारका कारण हुने मृत्यु ) ले प्रमुख समाचार बनाएपछि उक्त घटना प्रकाशमा आएको थियो । यस घटनापछि प्रधानमन्त्री शिन्जो आबेले अन्तर्गत देशको रोजगारी अभ्यास , लामो कार्य समय र नियमित तथा अनियमित श्रमिकलाई लक्षित गर्दै श्रम सुधारको आह्वान गरेका छन् । अक्टोबरमा सार्वजनिक समाचार संस्था एनएचकेले २०१३ मा मृत्यु भएकी ३१ वर्षिय पत्रकारको निधन अत्यधिक कार्यभारका कारण भएको स्वीकार गरेको थियो । हृदयाघातका कारण मृत्यु भएकी पत्रकारले १५९ घण्टा ओभरटाइम गरेको र एक महिनामा मात्र २ दिन विदा लिएको खबर बाहिर आएको थियो ।

सर्भेले कामदारको कमी र सहकर्मीले विदा नलिने प्रबृत्ति विदा नलिनुको कारण रहेको खुलासा गरेको छ । छोटो सशुल्क विदा लिने ४९ प्रतिशत जापानी कामदारको संख्याले जापानी कामदारलाई सुचीको उच्च स्थानमा राखेको छ । त्यस्तै २२ प्रतिशत कामदारले विदाको समयमा पनि कामसंग सम्बन्धित इमेल जाँच गर्ने गरेको भेटिएको छ जुन सर्भे गरिएका देशहरुमध्येकै उच्च हो ।

सर्भेले कामदार र उच्च अधिकारीवीचको सुचना आदानप्रदानको कमीले पनि यस्तो हुने गरेको पाएको छ । विश्वकै उच्च ३३ प्रतिशत जापानीहरु आफ्ना उच्च अधिकारीले सशुल्क विदाको समर्थन गर्ने गरेको वा नगर्ने बारे अनभिज्ञ रहेका छन् । तर यी नतिजाले जापानीहरु विदा लिन चाँहदैनन् भन्ने तथ्यको कुनै प्रमाण नभएको बताएको छ । यसको विपरीत आफ्नो कार्यक्षेत्र परिवर्तन गर्न चाहने जापानीहरुको प्रमुख माग पर्याप्त विदा पाउनुपर्ने रहेको पनि सर्भेबाट पत्ता लागेको छ ।

श्रम कानुन सुधार गर्न २०१३ मा निधन भएकी एनएचके पत्रकारका अभिभावकको माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!