Sunday 26, March 2017
नेपाली समय: 12:54:30
जापानी समय: 04:09:30

विश्व कीर्तिमान राख्न छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै मीनबहादुर

6 March, 2017

sherchan-min

यसअघि विश्वको सबैभन्दा बढी उमेरका सगरमाथा आरोहीको कीर्तिमान बनाउनुभएका मीनबहादुर शेरचन पुनः सगरमाथा चढ्न लाग्नुभएको छ ।

स्मरणीय के छ भने यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो । तर लगत्तै उहाँको कीर्तिमान जापानी पर्वतारोही जापानका ८० वर्षीय युइचिरो मिउराले भंग गरेपछि ८६ वर्षीय शेरचन विश्व कीर्तिमान कायम राख्न विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण पुनः गर्न लाग्नुभएको हो ।

‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।”

अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौँ ।”

min-bahadur-sherchan

सम्मेलनमा समाजशास्त्री प्राडा कृष्ण भट्टचनले वृद्ध उमेरमा पनि नेपाल र नेपालीको नाममा शेरचनले गरेको अठोटलाई सरकारले सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo