सन्दीप सन्दीप

  • सन्दीप
  • सन्दीप
  • सन्दीप
  • सन्दीप
  • सन्दीप
  • सन्दीप

विश्व ११ टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने सन्दीपको प्रतिबद्धता(भिडियो सहित)

29 May, 2018 21:00 | अन्तरवार्ता | comments | 66150 Views

सन्दीप

एक पछि अर्को सफलता चुम्दै गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व ११ टोलीमा खेल्न पाए आफूले उत्कृष्ट र प्रभावशाली प्रदर्शन गर्ने बताएका छन् ।

मंगलबार लर्डसमा आगामी मे ३१ मा हुन लागेको आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेलको लागि बेलायत जानुअघि कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सन्दीपले सो प्रतिबद्धता जनाएका हुन् ।

adsads

पत्रकार सम्मेलनमा उनले भने सबैको माया मसँग छ । आइपिएलमा उत्कृष्ट र विश्व चर्चित खेलाडीहरुसंग खेलेर राम्रो अनुभव बटुलेको छु । उनले ने हरेक अवसरका लागि आफू योग्य छु भन्ने सोचेर दबाव महसुस नगरी खेलेँ । अब आउँदा दिनमा नि त्यस्ता अवसरमा आफ्नो खेल देखाउने बताए ।

त्यस्तै उनले आफूले देशको लागि खेल्दा निकै गर्व महसुश हुनुको साथै केही प्रेसर पनि हुने जानकारी दिए । देशको लागि पहिलो खेल खेल्दा जस्तो उत्साह र खुशी अन्य कुनै कुराले नदिएको अनुभव उनले बताए ।

आइपिएल र विश्व ११ को टिम फरक भए पनि क्रिकेट खेल मैदानमा हुने खेल भएकोले यसमा केहि भिन्नता नहुने उनको भनाइ छ । यसैगरी उनले हामी धेरै कुरामा हतारिन्छौँ त्यो एक्दन बेठिक हो, खेल्न पाए पनि नपाए पनि क्रिकेटको नयाँ अनुभव लिनु र यसको लेभलमा पुग्नु नै ठूलो रहेको धारणा व्यक्त गरे ।

बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दीपले मौका पाएका हुन् । गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो।

नेपाली क्रिकेटको इतिहासमा नेपाली खेलाडी विश्व ११ मा परेको यो पहिलो हो । इंगल्याण्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व ११ मा सन्दीपसँगैं पाकिस्तानी अलराउन्डरद्वय शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसेरा पेरेरा रहने छन् ।

त्यस्तै अन्य खेलाडीमा तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्डेय, लुक रोन्ची रहेका छन्। विश्व ११ को प्रशिक्षक एवंम व्यवस्थापकको जिम्मा भने एन्डी फ्लावरले लिएका छन् ।

त्यसैगरी कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायतका खेलाडी रहेका छन् ।

भिडियो –

आइसीसी विश्व ११ टोलीमा सन्दीप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सन्दीप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More