वीपी सम्झदै थापाले भने- गणतन्त्र र राजतन्त्रको फ्यूजन गरौं

17 February, 2017 23:22 | राजनीति | comments | 1800 Views

kamal-thapa

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले गणतन्त्रवादी राजतन्त्रसंग र राजतन्त्रवादी गणतन्त्रसंग तर्सनु नपर्ने भन्दै यी दुबैलाई मिलाएर लैजाने प्रस्ताव गर्नुभएको छ ।

भृकुटीमण्डपमा शुक्रबार पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा थापाले स्व. जननेता वीपी कोइरालाको भनाई उद्धृत गर्दै सो कुरा राख्नुभएको हो । थापाको कथन थियो ०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइरालाले “प्रजातन्त्रवादीहरु पञ्चसँग नझस्क, पञ्चहरु प्रजातन्त्रवादीहरुसँग नतर्स” भनेको स्मरण गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क, राजसंस्था पक्षधरहरु गणतन्त्रवादीहरु नतर्स भन्नुभएको हो ।

साथै थापाले आमुल परिर्वतन र आफूहरुको परम्परागत मूल्य मान्यताबीच सामजश्यता खोज्ने प्रस्ताव राखे । अहिले गणतन्त्र यथार्थ बनिसकेको भन्दै उनले राजसंस्थासहितको लोकतन्त्रको प्रस्ताव अघि सार्नुभयो ।

सम्बोधनका क्रममा थापाले वर्षे जनयुद्धको कमाण्डर प्रचण्डका विलक्षण प्रतिभा रहेको र धेरै चमत्कार गरेको भन्दै राप्रपा अध्यक्ष थापाले भने, अब अर्को एउटा चमत्कार आवश्यक छ । तपाई (प्रचण्ड) को विद्रोह र मेरो, हाम्रो परम्परागत मूल्य मान्यताबीच सामजश्यता कायम गर्न आव्हान समेत गर्नुभयो ।

त्यस क्रममा उहाँले संविधानमा धेरै कमजोरी रहेको र प्रमुख दलहरुले यसमा संशोधन गर्ने बचा गरेको भन्दै त्यो पुरा नगरे बेइमानी हुने बताउँदै प्रमुख दलहरुको अकर्मन्यताका कारण अझैसम्म मधेशको समस्या समाधान हुन नसकेको उनले संविधान संशोधन गर्नु पर्नेमा जोड दिनुभयो । तर,अहिले सरकारले ल्याएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकाले समर्थन गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

त्यस क्रममा थापाले अब भने चुनाव घोषणा गर्नुपर्ने बेला आइसकेको बताउँदै सरकारले चुनाव घोषणा गरे समर्थन गर्ने पहिलो दल राप्रपा पनि बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More