वीरगन्जमा कांग्रेस भन्दा फोरम १३ सय मतले अगाडि

26 September, 2017 22:10 | राजनीति | comments | 6600 Views

तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदमा संघीय समाजवादी फोरम नेपालले काँग्रेससंगको मतान्तर फराकिलो बनाउदै लगेको छ । वीरगन्जमा ८४ हजार चार सय ६४ मत खसेकोमा मंगलवार साँझ ५ बजे सम्म ७३०७२ मत गन्दा मेयरमा फोरम नेपाल, नेपाली कांग्रेस भन्दा १३०१ मतले अगाडि छ ।

मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले १६८४१ मतका साथ अग्रता लिइरहेका छन् । मेयरमा दोश्रो स्थानमा रहेका काँग्रेसका उम्मेदवार अजय द्विवेदीले १५५४० मत पाएका छन् । तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले भने १००८१ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ७६३१ मतका साथ चौथो स्थानमा र नेकपा एमालेका बसरुद्धिन अन्सारी ७६१३ मतका साथ पाचौ स्थानमा छन् । नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ७१०१ मतका साथ छैठौं स्थानमा छन् ।

वीरगन्ज महानगरपालिकाको उपेयरमा भने नेपाली काँग्रेसले नै अग्रता कायम राखेको छ । उपमेयरमा काँग्रेसकी शान्ति कार्की १७९०५ मतका साथ अगाडि छिन्। यसैगरी उपमेयरमा फोरम नेपालकी पिंकी यादव १५९७६ दोस्रो स्थानमा ,एमालेकी सोफिया आचार्य ९१८९ मतका साथ तेस्रो स्थानमा, राजपाकी रम्भा मिश्रा ८८७५ मतका साथ चौथो स्थानमा , लोकतान्त्रिक फोरमकी रिंकु देवि यादव ६०८८ मतका साथ पाचौ स्थानमा र माओवादी केन्द्रकी दुर्गा क्षेत्री ४६४३ मतका साथ छैठौ स्थानमा छिन् ।

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये अहिले सम्म वडा नम्बर १ , २ , ३ , ४, ५ , ६, ७ , ८, ९, १०, ११ , १२ , १३, २४, १५, १९, २०, २१ ,२२, २३ , २४, २५ ,२६ , २७ , २८ , २९, ३० , ३१ र ३२ गरि २९ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।  जसमा फोरम नेपालले १० वटा वडामा , काँग्रेसले ९ वटा वडामा , एमालेले ५ वटा वडामा , राजपाले ३ वटा वडामा , माओवादी केन्द्रले १ वटा वडामा र लोकतान्त्रिक फोरमले पनि १ वटा वडाको अध्यक्षमा जित हात पारेको छ ।
काँग्रेस , राजपा , माओवादी र एमालेको विरोधका कारण वडा नम्बर १६ , १७ र १८ मा रोकिको मतगणना पनि मंगलवार साँझ ५ बजे देखि सुरु भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More