वीरगन्ज महानगरमा कांग्रेस पछि पर्योः फोरम नेपाल ७२ मतले अगाडि

23 September, 2017 23:38 | राजनीति | comments | 17700 Views

तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक त्र महानगरपालिका वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपाल, नेपाली कांग्रेसलाइ उछिन्दै अग्रता लिन सफल भएको छ । मतगणना शुरु भएको मंगलवार देखि नै मेयरमा अग्रता लिइरहेको काँग्रेसलाइ शनिवार साँझ साढे ६ बजे देखि भने मेयरमा फोरम नेपालले अग्रता लिएको छ ।

शनिवार साँझ साढे ६ बजे सम्म ३८५१३ मत गनि सक्दा मेयरमा फोरम नेपालका विजय सरावगी काँग्रेसका अजय द्धिवेदी भन्दा ७२ मतले अगाडि भएका छन् । सरावगीले ८४१० मत प्राप्त गरेका छन् भने द्धिवेदीले ८३३८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहको भने ६१४३ मत छ । नेकपा एमालेका बसरुद्धिन अन्सारी ४१३५ मतका साथ चौथो स्थानमा छन् ।
नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ४०३४ मतका साथ पाचौ स्थानमा छन्। नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ३२०८ मतका साथ छैठौं स्थानमा छन् ।
वीरगन्ज महानगरपालिकाको उपमेयरमा अग्रता कायम राखेको नेपाली काँग्रेसले फोरम नेपालसंगको मतान्तर भने फराकिलो बनाउदै लगेको छ। उपमेयरमा काँग्रेसकी शान्ति कार्की ९६४५ मतका साथ अगाडि छिन् ।
यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव ८०१५ मतका साथ दोश्रो स्थानमा र राजपाकी रम्भा मिश्रा ५२८० मतका साथ तेश्रो स्थानमा छिन् । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य ५०३२ मतका साथ चौथो स्थानमा, माओवादी केन्द्रकी दुर्गा क्षेत्री २७५८ मतका साथ पाचौ स्थानमा र लोकतान्त्रिक फोरमकी रिङ्कु देवि यादव २५०४ मतका साथ छैठौ स्थानमा छिन् ।
वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये अहिले सम्म वडा नम्बर १ , २ , ३ , ४, ५ ,९, २८ , २९, ३० , ३१ र ३२ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।जसमा वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता , वडा नम्बर २ मा फोरम नेपालका अब्बास मिया , वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार , वडा नम्बर ४ मा काँग्रेसका जगत साह कानू , वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया विजयी भएका छन् ।
वडा नम्बर ९मा फोरम नेपालका मनोज कलवार वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी , वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी , वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी , वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी हुनु भएको छ । अहिले वडा नम्बर ६ , ७ , ८ , १० , २३ , २४ , २५ , २६ र २७ को मतगणना भइरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More