वैदेशिक रोजगारीमा ८२१ को मृत्यु वैदेशिक रोजगारीमा ८२१ को मृत्यु

  • वैदेशिक रोजगारीमा ८२१ को मृत्यु
  • वैदेशिक रोजगारीमा ८२१ को मृत्यु
  • वैदेशिक रोजगारीमा ८२१ को मृत्यु
  • वैदेशिक रोजगारीमा ८२१ को मृत्यु
  • वैदेशिक रोजगारीमा ८२१ को मृत्यु
  • वैदेशिक रोजगारीमा ८२१ को मृत्यु

वैदेशिक रोजगारीमा ८२१ को मृत्यु

13 August, 2018 13:07 | पत्रपत्रिका | comments | 3900 Views

वैदेशिक रोजगारीमा ८२१ को मृत्यु

रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ ।

adsads

सरकारले वैदेशिक रोजगारी जाने युवामा देखिएको बढ्दो मृत्यको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घटन नसकेको हो ।रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगारी जाने युवामा देखिएको बढ्दो मृत्यको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घटन नसकेको हो ।आर्थिक वर्ष २०७३-७४ मा वैदेशिक रोजगारीका क्रममा ७ सय ५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८ सय २१ पुगेको छ । यो संख्या विदेशमा मृत्यु भइ आर्थिक सहायता पाउने युवाको संख्यामात्र हो । श्रम स्वीकृतिको म्यादभन्दा अधिकतम १ वर्ष पूरा भएका मृतकका परिवारलाई दिएको आर्थिक सहायताका आधारमा यो संख्या निर्धारण गरिएको हो । आर्थिक सहायताको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोडने हो भने अझ बढी हुने देखिन्छ ।

आव २०७४-७५ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको संख्या ८ सय २१ रहेकोे वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ । एक वर्षमा मृत्यु भएका यी नेपालीको संख्याका आधारमा प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरमा सरकारले गत वर्षमात्र ४५ करोड ७० लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो । यसरी नै अंगभंग भइ बोर्डबाट आर्थिक सहायता लिन नेपालीको संख्या पनि विगत ३ वर्षमा बढ्दो क्रममा रहेको देखिन्छ ।

गत आवमा सबैभन्दा बढी २ सय ८९ नेपाली युवाको मृत्यु मलेसियामा भएको थियो भने दोस्रोमा साउदी अरब २ सय ३ र कतारमा १ सय २३ जना रहेका थिए । तर विगत ३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली कतार ३ लाख ५३ हजार, मलेसिया २ लाख ६० र साउदी अरब २ लाख ५३ हजार गएको देखिन्छ । यसरी हेर्दा धेरै कामदारको भएका देशमा मृत्युदर कम देखिएकोे छ । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी मृत्यु हुने जिल्लामा मोरङका ३९, सर्लाहीका ३६ र धनुषाका ३३ रहेको छ ।

यसरी नै आर्थिक वर्ष २०७३-७४ मा विदेश गएर श्रम स्विकृति अवधिमा ७ सय ५० कामदारले ज्यान गुमाएका थिए । यसरी करार अवधिमै ज्यान गुमाउने ७ सय ५० कामदारका परिवारले बोर्डबाट एक वर्षमा ३ लाख रुपैयाकाँ दरले २२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति लिएका थिए । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका निर्देशक मोहन अधिकारीले मृतक र अंगभंग भएका नेपाली कामदारले पाउने सहायताको प्रावधान एक वर्ष बढाएका कारण मृत्युदर बढेको बताए । यसअघि श्रम स्वीकृतिको अवधिभित्र मृत्यु भएका नेपालीले मात्र आर्थिक सहयोग पाउँदै आएका थिए । उनले भने “केही महिनाअघि वैदेशिक रोजगार ऐन संशोधन गरी श्रम स्वीकृतीको अवधि समाप्त भइ १ वर्ष पूरा नगरेका मृतकका आफन्तले पनि सहायता पाउने प्रावधान राखेपछि मृतकको संख्या बढेको हो ।

अंगभंग हुने पनि बढेयसरी नै गत वर्ष मात्र रोजगारीका क्रममा अंगभंग भएका ३२५ युवाले ६ करोड ६ लाख रुपैया सहयोग लिएको तथ्यांक छ । आव २०७२-७३ मा १४० र २०७३-७४ मा २०० जना अंगभंग भएका युवाले क्रमशः १ करोड ९० लाख ७४ हजार र २ करोड ८८ लाख २५ हजार रुपैयाँ सहयोग लिएका थिए ।

गत आवमा रोजगारीका क्रममा धेरै नेपालीको ज्यान जाने दोस्रो मुलुकका रुपमा साउदी अरब देखिएको थियो । यो अवधिमा साउदी अरबमा २२७ नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएका थिए । यसमध्ये महिलाको संख्या १७ रहेको छ । धेरै नेपाली मर्ने मुलुकको रुपमा कतारले तेस्रो स्थान ओगटेको छ ।

आजको कारोबारमा खबर छ ।

वैदेशिक रोजगारीको नाममा ठगी : विदेशमा नेपालीको विजोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वैदेशिक रोजगारीमा ८२१ को मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More