Sunday 26, March 2017
नेपाली समय: 01:00:18
जापानी समय: 04:15:18

वैशाख १२ को भूकम्पपछि जापानी फोटोग्राफरको प्रभावित गाउँसंगको सम्बन्ध

19 March, 2017

documentary

२०७२ वैशाख १२ अर्थात्- २५ अप्रिल सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पलाई लिएर एक जापानी फोटोग्राफरले बनाएको वृत्तचित्र यही मार्च २५ मा राजधानी टोक्योमा प्रदर्शन हुने भएको छ ।

“सेकै दे इचिवान उत्सुकुशी मुरा” (संसारको सबभन्दा राम्रो गाउँ)नाम दिइएको यो वृत्तचित्र सन् २०११ मा पूर्वी जापानमा गएको विनाशकारी भूकम्पको छ वर्षपछि धेरै प्रभावित ठाउँहरुमा देखाइसकिएको छ ।

सो वृतत्तिमा गोरखाको लाप्राक गाउँमा छायांकन गरिएको थियो जुन समुन्द्र सतहबाट २२०० मीटर उचाईमा छ । जुन हिमाली भूभाग हो । भूकम्पले नेपालमा लगभग नौहजारजनाको ज्यान गएको थियो भने लाप्राक गाउँ ध्वस्त भएको थियो ।

यो वृत्तचित्र निर्माणका लागि इशिकावा भूकम्प गएको तुरुन्तै काठमाडौँबाट लाप्राक पुगेको थिए । त्यतिबेला त्यहाँ पुग्न उनलाई दुई दिन लागेको थियो ।

इशिकावा आहिले ५७ बर्षीय भए र उनले एएफपी समाचार एजेन्सीका लागि काम गरेका थिए । उनीसंग प्रकोप परेका ठाउँहरुको दृश्य कैद गर्ने धेरै अनुभव छ । उनले सुनामीको हवाई फोटो समेत लिएका थिए । उनी यस्तो समयको दृश्य कैदका लागि विशेषज्ञ नै मानिन्छन् । त्यसैले नेपालमा भूकम्प आउनासाथ भूकम्पको केन्द्र जिल्ला गोरखा पुगे ।

यसको कारण पनि उनको आफ्नै विश्लेषण छ । भौगोलिक विकटताका कारण प्रभावित ठाउँहरुमा सहयोग ढिलो हुन सक्छ । उनको क्यामराले दाताहरुलाई घच्घच्याउन पनि सहयोग पुगोस् ।

यति मात्र हैन आफूले खिचेको क्षतिका तस्वीरहरु सामाजिक संजालमा राखेर सहयोग मागेपछि जापानबाट तीन टन खानेकुरा र ६०० थान लुगा सहयोग आएको थियो ।

भूकम्प प्रभावित गाउँमा रहँदा उनले पीडित गाउँले जस्तै पालमा बसे । त्यस क्रममा उनले त्यहाँ केही फरक दृश्य पनि देखे । तोहोकु क्षेत्रका मान्छेहरु अस्थाई टहरमा बसे भने लाप्राका मान्छेहरु आफ्नै घरमा बसे । प्रकोपका शिकार भएकाको लागि श्रदान्जली भने गाउँका सबै मान्छेले दिएका थिए र त्यस लगत्तै नया वर्षको चाडदेखि उनीहरुको मुखमा हासो फर्केको थियो ।

laprak

जापानको प्रकोप परेको ठाउँमा देखाउनको लागि वृत्तचित्र बनाउन उनले केही वर्ष एक परिवारका सदस्यको पछिलागे, जो गार्इपालान गर्थे उनी सिंगो गाउँको एक मात्र नर्स थिइन र परिवारका सबै सदस्य भूकम्पमा गुमाएकी थिइन् ।

वृत्तचित्रमा ती नर्सले परिवार गुमाएको दुःखदेखि लिएर सरकारको गाउँलाई नया ठाउँमा सर्ने योजनासम्म सबै खिचिएको थियो ।

प्राकृतिक विपत्तिको यो पीडादायी दृश्यसंयोजन मनोरञ्जनका लागि नभएर ज्ञान र चेतनाका लागि हो । अनि सहयोगी हात बढाउनका लागि पनि हो । त्यसैले गत फेब्रुअरीमा कमैशिमा यो वृत्तचित्र देखाइएको थियो ।

मार्च २५ मा राजधानी टोक्योको टोक्यो गेकिजो चलचित्र हलमा प्रदर्शन आरम्भ गरिनेछ ।

(दि जापान न्यूजबाट, नेपालीकरण- आदर्श देवकोटा)

 एनआरएनएले सुरु गर्यो लाप्राक नमुना बस्तीको काम

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo