व्यवस्थापिका संसद्‍को अन्तिम बैठक सुरुः शनिबार बिदाई कार्यक्रम

13 October, 2017 20:34 | राजनीति | comments | 2700 Views

व्यवस्थापिका संसद्‍‍को अन्तिम बैठक अहिले बसिरहेको छ । तीन बजेका लागि बोलाईएको बैठक ढिलो गरी बैठक सुरु भएको हो । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को यो नै अन्तिम बैठक भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सांसद लक्ष्मण लाल कर्णले संविधान सभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयकमाथि दफावार छलफल गरियोस् भनि प्रस्ताव पेश हुनेछ भने उक्त विधेयकमाथिको संशोधन प्रस्तावहरुलार्इ पनि निर्णयार्थ पेश गरिने कार्यसूचीमा उल्लेख छ । संसदको अन्तिम बैठक भएकाले आज नै पारित हुने छ । यसैगरी भाषा आयोग विधेयक पनि संसदम पेश हुने छ । तर संसदको अन्तिम बैठकमा चिकित्सा शिक्षा विधेयक भने कार्यसूचीमा छैन ।
नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन शनिबार मध्यरात देखि बिघटन हुँदैछ । सांसदहरुलार्इ सभामुख ओनसरी घर्ती मगरले शनिबार दिउँसो ३ बजे बिदार्इ कार्यक्रम राखेकी छिन् । उनले सबै दलका शीर्ष नेता र सांसदलाई व्यवस्थापिका संसदको कार्यालयमा निम्ता गरेकी छिन्  । बिदाई कार्यक्रम अघि सांसदको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको छ । बिदाई कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका समेत रहेको छ ।

यो पनि पढ्नुहोस्

हराएका गृहमन्त्री संसद्‌‌‌मा पुगेपछि ..

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More